विराटनगर । सुनसरी र मोरङको छुट्टा छुट्टै स्थानमा खोलामा डुबेर २ जना बाल बालिकाको मृत्यु भएको छ । आइतबार दिउँसो सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ का बिष्णु परियारको ७ बर्षीया छोरी बिबिशा परियार सुनसरी खोला छेउमा खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको हो भने मोरङको सुनवर्षी नगरपालिका–७ सुकुम्बासी टोलका श्रीकुमार रिषिदेवको ९ बर्षीय छोरा अमन रिषिदेब मरिया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।
