डा. विक्रमप्रसाद श्रेष्ठलाई मातृशोक

धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष (रेक्टर) प्रा.डा. विक्रमप्रसाद श्रेष्ठलाई मातृशोक परेको छ ।
डा. श्रेष्ठकी ममतामयी आमा साधनादेवी श्रेष्ठको साउन १५ गते विहीबार ८० बर्षको उमेरमा उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको थियो । वि.सं. १९९१ साल श्रावण ३ गते धरान–१४ स्थित विजयपुरमा जन्मनुभएकी स्व. साधना श्रेष्ठ लामो समयदेखि उच्च रक्तचाप, मधुमेह लगायतबाट पीडित हुनुहुन्थ्यो ।
जीवनपर्यन्त समाजसेवामा सक्रिय स्व. श्रेष्ठले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र आफ्ना पति स्व. भागवतप्रसाद श्रेष्ठको नाममा धर्मशालाको निर्माण, धरान वडा नं. २ मा भागवत रोडको निर्माण, धरान १५ मा
हरेराम किर्तन कुञ्ज सभा भवन निर्माण, पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा अक्षयकोषमा आर्थिक सहयोग, शारदा नमूना बालिका विद्यालयमा खानेपानीको फिल्टर प्लान्ट जडान, शिक्षा निकेतन उच्च मावि धरान ६ मा भागवत सभागृहको निर्माण, ज्ञानचक्षु विद्यालय धरान १५ मा थप अक्षय काषमा आर्थिक सहयोग, वुद्धविहारमा कोठा निर्माण, इटहरीस्थित विराटधाम शिविर केन्द्र र बराहक्षेत्र धर्मशालामा स्नान कक्षसहितको कोठा निर्माणसागै दर्जनौ सघ संस्थालाई उहााले आर्थिक सहयोग प्रदान गर्नुभएको छ । स्व. श्रेष्ठका ३ छोरा र पााच छोरी
रहनु भएको छ ।

तपाईको प्रतिक्रिया