धरान/सरकारी कार्यालय पनि कस्ता कस्ता । कहीा सेवाग्राहीको चापले कर्मचारीहरुलाई काम गर्न भ्याई नभ्याई छ । कहीा भने कर्मचारीहरु दिनभरि हाइ काढेर, सामाजिक सञ्जाल खेलाएर बस्छन् । यस्तै मध्येको एउटा सरकारी कार्यालय धरानमा छ ।
धेरैले उक्त कार्यालयको नाम समेत सुनेका छैनन् र कहाा छ भन्ने भेउ पनि पाएका छैनन् ।
कार्यालयको नाम हो पूर्वाञ्चल क्षेत्रीय हावापानी कार्यालय । हावा खुस्एिको, काम विहीन सो कार्यलयमा ११ जना कर्मचारीको दरबन्दी भए तापनि कार्यालयमा मुस्किलले चारजना उपस्थित हुन्छन् । कोही हाटा
गरेर हिड्छन् भने बस्नेहरु पनि दिनभरि हाइ काढेर, सामाजिक सञ्जाल खेलाएर दिन बिताउाछन् । समाचार प्रयोजनकै लागि धरान साप्ताहिकका प्रनिनिधि, धरान १५ महादेवचौकस्थित रहेको कार्यालयमा पुग्दा आसिलान कार्यालयको भवनमा कार्यालय प्रमुख राजीवकुमार झा र श्रेष्ठ थरका अर्का कर्मचारीमात्र थिए । कार्यालय प्रमुख झा फेसबुकमा हल्लिरहेका थिए भने अर्का कर्मचारी यता उता टहलीरहेका थिए ।
नेपाल सरकार विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय, जलस्रोत तथा मौसम विज्ञान विभाग अन्तर्गत रहेको पूर्वाञ्चल क्षेत्रीय हावापानी कार्यालयभित्रको दिनचर्या बर्षौदेखि यसैगरी वितिरहेको छ । आफै बेकामे भएका क्षेत्रीय कार्यालय मातहत विराटनगर, धनकुटा, ओखलढुंगा र ताप्लेजुङ्गमा एक एक वटा फिल्ड कार्यालय समेत रहेका छन् । प्रत्येक फिल्ड कार्यालयमा एक एक जना इन्चार्ज र खरिदार सरहका एकजना प्राविधिक समेतको दरबन्दी रहेको छ । यसका अलावा प्रत्येक फिल्ड कार्यालयमा सार्वजनिक विदाका दिन काम गर्ने गरी एक एक जना पार्टटाइम काम गर्ने कर्मचारीहरुलाई दैनिक ४५, ७०, ८० रुपैयाा ज्याला दिने गरिएको कार्यालय प्रमुख राजीवकुमार झा बताउनुहुन्छ ।
आदम जमानाको पुरानार थोत्रा उपकरण बाटै बर्षामापन, हावानी (क्लाइमेट केन्द्र, एग्रो क्लाइमेट केन्द्रले कुनै भरपर्दो काम गर्न नसकेको स्वय् कार्यालय प्रमुख झाको कथन छ । एग्रोभेट सेन्टर तरहरा कृषि केन्द्र, पाख्रीबास कृषि केन्द्र, झापाको कन्काई र लहानामा
राखिएका छन् । एग्रोभेट सेन्टरले तापक्रम, पानी, वास्पीकरण, हावा, स्वाइलथर्मो मिटर (माटोभित्र कति प्रेसर छ) विहान घाम कति समय देखियो जस्ता कुराहरु मापन हुने भए तापनि यस्ता काम हाल भरपर्दो देखिएको छैन । सही तथ्यांकको लागि अटोमेटिक वेदर सेन्टर हुनुपर्छ, प्रैत्येक घण्टाको मौसम मापनका लागि राडार, नेटवर्किङ्ग सिस्टम हुनुपर्छ । हामीसाग प्राचीन जमानको उपकरणमात्र रहेका छन् प्रमुख झा भन्नुहुन्छ । उहााका अनुसार भारतले हापानी सम्बन्धी एक राडर दिने भएको छ । तर एउटा राडरले पुग्दैन । तराईमा दुईवटा चाहिनछ भने पहाडमा अझ बढी चाहिन्छ किनकी अग्ला पहाडका डााडाले अर्कोतिर छेकिदिन्छ ।
आधुनिक र नया उपकरण सरकारसाग माग गर्नुभएको छैन त भन्ने जिज्ञासामा कार्यालय प्रमुख झा भन्नुहुन्छ, मागेका छौं, एक पटक हैन पटक पटक मग्यौ तर
सरकारले दिएको छैन । क्षेत्रीय कार्यालय भन्छ तर रेडबुकमा कहीा कतै उल्लेख
गरिएको छैन । रेडबुकमा उल्लेख गरिदिएको भए यस कार्यालयको भविष्य अलिकति उज्वल हुने थियो । पााच विकास क्षेत्रलाई मध्य नजर गरी धरान, पोखरा, सुर्खेत र काठमाण्डौमा क्षेत्रीय कार्यालय स्थापना
गरिए तापनि काठमाण्डौको क्षेत्रीय कार्यालय विभागमा गाभिइसकेको छ । दरबन्दी अनुसार कार्यालयमा कर्मचारी किन छैनन् त भन्ने जिज्ञासामा झा भन्नुहुन्छ यहाा कुनै चार्मिङ्ग भए पो आउाछन् र बस्छन् । लेखाअधिकृतको दरबन्दी पदस्थापनभयो तर आएको सात दिन नबिन्दै लेखा अधिकृत शक्ति केन्द्रको सोर्स लगाएर अयन्त्रै सरुवा भए । सुदर्शन हुमागाई, मुकेश शिल्पकार अन्यत्रै काज मिलाएर हिडे । एकजना नासु विदामा बसेका छन् । लेखा अधिकृत नहुादा क्षेत्रीय राजस्व कार्यालय इटहरीका लेखा अधिकृतबाट काम चलाउनुपरेको छ ।
यसरी कार्यालयमा कर्मचारी नै उपस्थित नहुादा अख्तियार वा जिल्ला प्रशासन कार्यालयले कुनै छड्के कारबाही गर्ने गरेको छैन भन्दा प्रमुख झा भन्नुहुन्छ सिडियोले केही गर्न सक्ने अवस्थै छैन । कर्मचारीहरु आकर्षण ठाउामा सरुवा मिलाएर जान्छन् । सिडियो वा अख्तियारले के गर्नु ? बार्षिक करोडौ बजेट खर्च भइरहेको, आफ्नै चारकट्ठा जग्गामा बनेको आलिसान दुई तले भवन भए तापनि पूर्वाञ्चल क्षेत्रीय हावापानी कार्यालय औचित्यहीन जस्तो देखिएको छ ।
