धरान ३ को सपिङ कम्प्लेक्स मर्मत सम्भार नहुदा जीर्ण बन्दै

धरान । धरान उपमहानगरपालिका वडा नं। ३ चिनियाँ चौकको वहुउदेश्यीय व्यापारिक भनव सपिङ कम्प्लेक्स मर्मत सम्हार नहुदा दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । २९ बर्ष अगाडि निर्माण भएको भवनबाट धरान उपमहानगरपालिकाले बार्षिक लाखौ आम्दानी गर्ने भए पनि मर्मत सम्मारमा ध्यान नदिँदा भवन जीर्ण बन्दै गएको हो । धरान उपमहानगरपालिका वडा नं। ३ चिनियाँ चौकमा २०५२ साल असार ३० गते पूर्वप्रधानमन्त्री एवम तत्कालीन प्रतिपक्ष दलका नेता नेकपा एमालेका अध्यक्ष स्व। मनमोहन अधिकारीबाट भवनको उद्घाटन भएको थियो । व्यापारिक भवनको परिकल्पना अनुसार निर्माण भएको तीनतले सो भवनबाट अहिले बार्षिक १८ लाख रुपैया भन्दा बढी उपमहानगरपालिकाले आम्दानी गरे पनि जीर्ण भवन निर्माणमा चासो देखाएको पाइदैन । अहिले यो भवनभित्र रहेका शौचालय, कोठा, वाल लगायतका संरचना भत्किदै गएका छन् । वडा नं। ३ मा रहेको यो भवनको रेखदेख वडालाई दिइएको छैन । उपमहानगरपालिका आफैले गर्नेगर्छ । भवन जीर्ण भएको विषयमा ३ नं। वडा समितिका अध्यक्ष विद्या श्रेष्ठले पटक पटक कार्यपालिका बैठकमा राख्दा समेत जीर्ण भवनको मर्मत सम्मारमा उपमनगरपालिकाले चासो दिएको छैन ।


यो भवन व्यापारिक प्रयोजनका लागि बनाइए पनि अन्य प्रयोजनका लागि समेत प्रयोग भएको पाइएको छ । भवन मर्मत सम्हार गरेर भवनलाई आवश्यकता अनुसार प्रयोग गरेको खण्डमा बार्षिक २५ लाख भन्दा बढी आम्दानी हुने वडाको दाबी छ । यो भवन उपमहानगरपालिकाले समेत ठेक्कामा दिएको थियो । ०७९ को स्थानीय निर्वाचनबाट निर्वाचित भएर आएपछि भने ठेक्का प्रक्रिया रद्ध गरिएको वडाध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । वडा समितिको कार्यालय पनि यही भवनमा रहेका छ । वडा कार्यालयको कोठा चुहिने भएपछि भवन वडाबाटै ट्रष्ट लगाएको वडाध्यक्ष श्रेष्ठको भनाई छ । जीर्ण भवनलाई उपमहानगरपालिकाले दिएको २ लाख बजेटबाट सर्टर निर्माण, शौचालयको मर्मतसम्हार निर्माण गरे शौचालय फोहोरले दुर्घन्धित भएको उहाँको भनाई छ । सरससफाई कर्मचारीले शौचालय सरसफाइ नगरेकै कारण दुर्घन्धित बनेको उहाँको भनाई छ । करोडौ लगानी गरेर व्यापारिक भवनको उद्देश्य राखेर निर्माण भएको यो भवन मर्मत सम्हारको पर्खाइमा रहेको छ । उपमहानगरपालिकाले यो भवनलाई संरक्षण नगर्ने हो भने लिजमा दिएर भएपनि सञ्चालन गर्नुपर्ने वडाध्यक्ष श्रेष्ठको भनाई छ । पालिका तरकारी बजार छेउमा रहेको यो भवन जुन उद्देश्यका साथ निर्माण भएको हो त्यो उद्देश्य त पूरा भएको त छैन उपमहानगरपालिकाले संरक्षणमा समेत ध्यान दिन नसक्दा करौडौको भवन लथालिंग बनेको छ ।

 

तपाईको प्रतिक्रिया