धरान । असार महिनाको अन्तिम शनिवार । साउन महिनाभरि बलिदिन नपाउने भएकोेले धरान १४ विजयपुरमा रहेको बुढासुब्बा मन्दिरमा भाकल पूरा गर्न आउनेहरुको संख्या अत्याधिक रहेको थियो । साउन महिनाभरि धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा बोलबम मेला लाग्ने भएकोले धरानका सबै मठ मन्दिरमा साउन महिनाभरि बलि दिन नपाइने भएकोले असारको अन्तिम शनिवार भक्तजनहरुको अत्याधिक भीड बढेको हो । धरान उपमहानगरपालिकाको शीरमा रहेको बुढासुब्बाक मन्दिरमा कुनै पनि नौलो काम गर्न लागेको समयमा यहाँ पूजाआजा गर्ने र बलि चढाउने परम्परा बर्षौदेअ रहीआएको छ । साउनमहिनाभरि बलि चढाउन नपाउने भएकोले प्रत्येक बर्ष असारको अन्तिम शनिवार यो मन्दिरमा अत्याधिक भीड हुने गरेको हो । नेपालमै एक मात्र मन्दिर बुढासुब्बा मन्दिरमा माया गर्ने जोडी तथा भर्खरै विवाह बन्धनमा बाधिएका जोडीहरु यस मन्दिरमा पहिला दर्शन गर्न आउने गर्छन । भर्खरै विवाह बन्दधमा बाधिएकी इटहरीकी बर्षा बुढाथोकीलाई समेत विवाह बन्धमा बाँधिएपछि बुढासुब्बा मन्दिरमा आएर दर्शन गर्दै यहाँ रहेको बासमा धागो बाध्दा दाम्पत्य जीवन सुखमय हुने विश्वासले बुढासुब्बा मन्दिरमा दर्शन गर्न आएको बताउनुभयो ।

यस मन्दिरमा भाकल गरेर भाकल बुझाएको खण्डमा मनोकांक्षा पूरा हुने जनविश्वास भएर नेपालबाटमात्र हैन भारतका विभिन्न स्थानबाट यस मन्दिरमा भागकल चढाउन आउने गरेका छन् । भाकल गर्नेहरुले बुढासुब्बा मन्दिरमा भाले र नजिकै रहेको गौरिनी मातालाई पोथी र पोथी नभए कुखुराको अण्डा चढाउने परम्परा रहेको छ । सोही अनुरुप बली दिनका लागि आएको झापा शररणमतिकी अञ्जना कार्कीले बताउनुभयो । अन्य बेला भन्दा असारको अन्तिम सनिवार बुढासुब्बा मन्दिरमा अत्यधिक भीड हुने गरेको बुढासुब्बा मन्दिरमा फूलमाला विक्री गर्दै आउनुभएका मोहम्मद जमिन बताउनुहुन्छ । फूलमालाको व्यवसाय गर्दै आउनु भएका उहाँले साउन महिनाभरि मन्दिरमा काटमार नहुने भएकोले असारको अन्तिम शनिवार अत्याधिक भीड हुने गरेको बताउनुभयो ।
साउन महिनाभरि बोलबमको महिनाको रुपमा लिने गरेका कारण बलि चढाउनेहरु साउन अगावै मंगलबार र शनिवार पारेर बुढासुब्बा मन्दिरमा आउने गरेका छन् । बलि नढाउने तथा दर्शन गर्न आउनेको संख्या एकिन नभए पनि पौराणिक ग्रन्थमा आस्था राखेर आउनेको सख्या लाखौ हुने गरेको छ । कोशी प्रदेशमै एकमात्र विजयपुरमा रहेको बुढामन्दिरको महिमा चुलिदै जाँदा भक्तजनहरुसमेत अत्यधिक हुन गरेको पाइएको छ ।
