लागुऔषध सहित ७ जना पक्राउ

मोरङ । झापा र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार अपरान्ह झापाको भद्रपुर नगरपालिका–५ स्थित वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर–८ का ३६ बर्षीय सन्तोष
राजवंशी र २६ बर्षीय अमर बरैयलाई ब्राउनसुगर ५ ग्राम १७ मिलिग्राम सहित पक्राउ गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरीको धरान–८ का ३६ बर्षीय सुनिल श्रेष्ठ र २३ बर्षीय दिपक विश्वकर्मालाई १ ग्राम ब्राउनसुगर सहित र नरसिंह गाउँपालिका–६ का २४ बर्षीय नाजम अन्सारी र बुढीगंगा मोरङका ३० बर्षीय अजय कुमार देवलाई नियन्त्रित औषधी स्पास्मो २५४ टयाब्लेट, नगद ३९ हजार र प्र.१–०२–०४९ प ११३ नम्बरको मोटरसाईकल सहित र धरान–१५ का २७ बर्षीय कबिर तामाङलाई ट्रामाडोल ९०, स्पास्मो ९० टयाब्लेट, गाँजा १०० ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको थप अनुसन्धान कार्य भईरहेको छ ।

तपाईको प्रतिक्रिया