ओलीको नेतृत्वमा सरकार

धरान । नेपालको प्रजातान्त्रिक आन्दोलनमा ँसँगै हिडेका दुई ठूला राजनीतिक दलका शीर्ष नेता शेरबहादुर देउवा र केपी शर्मा ओलीबीच सोमबार राति सत्ता गठबन्धनमा सहमति भएपछि ओलीको नेतृत्वमा सरकार गठन भएको छ ।


दुई नेताहरुबीच भएको सहमति अनुसार आलोपालो प्रधानमन्त्री हुने, एमालेले अर्थमन्त्रालयसहित ९ वटा मन्त्रालय लिने, नेपाली काँग्रेसले गृह मन्त्रालयसहित १० वटा मन्त्रालय लिने भएका छन् । निर्वाचन प्रणाली लगायत संविधान संसोधनको लागि पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको संयोजकत्वमा सविधान संसोधन सुझाव समिति बनाउने, नेपाली काँग्रेसले बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने तथा एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेशको नेतृत्व गर्ने सहमति भएको छ । मधेश प्रदेशमा भने सरकारको नेतृत्व मधेशवादी दललाई नै दिने सहमति भएको छ । नेपाली काँग्रेस र एमालेबीच सहमति भएपछि पालैपालो काँग्रेस र एमालेकोे काँध चढेर सत्ताको रसास्वादन गर्दै आएका प्रचण्डको राजनैतिक भविष्यमाथि भने प्रश्नचिन्ह लागेको छ ।

तपाईको प्रतिक्रिया