धरान,/ प्रहरी तथा स्थानीय सर्वसाधारणहरु नियन्त्रणका लागि लागि परिरहेको समयमा लागू औषध भित्र्याउनेहरुले भने नया नया तरिका अपनाउन थालेका छन् ।
यसै क्रममा पेन्टभित्र अर्थात तिर्घामा लागू औषध बाधेर
ल्याइराखेको अवस्थामा दुई जना युवालाई सोमबार धरान प्रहरीले प्रक्राउ गरेको छ ।सुराकीको आधारमा उनीहरुलाई इलाका प्रहरी कार्यालय
धरान र तीनकुने अस्थायी प्रहरी चेकपोष्टको संयुक्त टोलीले को १ ज १२६६ नम्बरको माइक्रोबसबाट धरान ८ तीनकुनेबाट धरान ८ का सन्तोष विक र धरान ११ का विनोद विकलाई प्रक्राउ गरेको हो ।
पक्राउ पर्नेको साथबाट ९० एम्पुल अर्थात ३० सेट डाइजिपाम, एभिल र नेरोजिसक पेन्टभित्र थाइमा लुकाएर राखेको अवस्थामा प्रक्राउ
गरिएको इलाका प्रहरी कार्यालय धरानका सई लक्ष्मण गिरीले जानकारी दिनुभयो । सुराकीको आधारमा शरीरभित्र लुकाएर ल्याएको लागू औषध धरान प्रहरीले पहिलो पटक प्रक्राउ गरिएको उहाले बताउनुभयो ।
उनीहरुले जोगबनीबाट १ सय ३० रुपैया प्रति सेट खरिद गरी धरान ८ का सुजन श्रेष्ठलाई ल्याइदिएको बताएका
छन् । यसको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई लागू औषध ओसारपसार ऐन अन्तर्गत कारबाही अगाडि बढाइने भएको छ ।
