नेपाली कााग्रेस नगर र क्षेत्रको निर्वाचन आकांक्षीहरुको आ–आफ्नै दाउ, राजनीति माहोल तातिदै

धरान/सत्तासीन नेपाली कााग्रेसको तेह्रौ अधिवेशनले मिति नजिकिदै जाादा सुनसरी क्षेत्र नं. १ र धरान नगर समितिमा सभापतिका आकांक्षीहरु आ–आफ्नै दाउमा लाग्दा राजनीति माहोल तातिदै गएको छ ।
सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापतिका सशक्त दाबेदार एवम् पुराना कार्यकर्ता सुरेशमान श्रेष्ठको हालसम्म पल्लाभारी देखिएको छ । हुन त क्षेत्रीय अध्यक्षका अर्का दाबेदार एवम् पुराना कार्यकर्ता विश्वराज शर्माले समेत आफ्नो उमेद्वारी घोषणा गरिसक्नु भएको छ । उहााको उमेद्वारीलाई समेत एकथरीले कम आाक्न नमिल्ने जनाएका छन् र यसका अलावा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सुजेन्द्र
तामाङ्गले समेत क्षेत्रीय सभापतिमा आफ्नो उमेद्वारी घोषणा गरेका छन् । तर उहााको उमेद्वारीप्रति स्वयम् यहााका क्रियाशील कार्याकर्ता सन्तुष्ट देखिदैनन् । जागिर र पनि खाने र अनि पार्टीको पद पनि ओगट्ने काम अब हुादैन एक क्षेत्रीय सदस्यले बताए । यस सम्बन्धमा क्षेत्रीय सचिव समेत रहेका तामाङ्गसाग सम्पर्क गर्दा उनको प्रतिक्रिया थियो निर्वाचन पछि म बीपी कोइराला स्वास्थ्य विान प्रतिष्ठानको
नोकरीबाट राजीनामा दिन्छु । तर यहााका सक्रिय कार्यकर्ताहरु भन्छन् प्रतिष्ठानको नोकरीबाट राजीनामा दिएर पार्टीको निर्वाचनमा आउनुपर्छ ।
यता क्षेत्रको भन्दा नगरको राजनीति पारो अझ तातेको छ । नेपाली कााग्रेसका पुराना कार्यकर्ता एवम् महासमिति सदस्य मदन ढकाल, वर्तमान नगर सभपाति किशोर राइ र १२ औं महधिवेशनमा नगर सभपातिका प्रत्यासी तिलक
राईबीचमा यसपटक त्रिकोणात्मक प्रतिष्पर्धा हुने देखिएको छ । पार्टीमा सुद्धिकरणको आवश्यकता रहेको औल्याउदै नगर र क्षेत्रबीचको सम्बन्ध प्रगाढ बनाई स्थानीय निर्वाचनमा पार्टीलाई जिताउने आफनो एक मात्र लक्ष्य रहेको ढकालको भनाई
छ । उता वर्तमान नगर सभापति किशोर राईले पनि पार्टीमा सद्धिकरणको आवश्यकता रहेकोले अब एक कार्यकाल नगरमै बिताउन चाहेको बताउनुभएको छ । पार्टीमा आफूले सदैव हरेक
परिस्थितिमा अग्रणी भूमिका निर्वाह गरेकोले यसपटक नगर सभापतिमा आफ्नो् दाबी रहेको तिलक राईको बुझाई छ । यसका अलावा महाधिवेशन प्रतिनिधिमा झण्डै तीन दर्जन आकांक्षीहरुले दौड धूपलाई तिब्रता दिएका छन् भने वडा नं. १६ का गोविन्द बस्नेत, चन्द्रशेखर लामा, हेमलाल सुब्बा, नरेश अग्रवाल, लगायतले आफ्नो दौडधूप शुरु गरिसक्नु भएको छ ।

तपाईको प्रतिक्रिया