धरान । राज्यले नागरिकहरुलाई संविधानले प्रत्याभुति गराएको अधिकार गाँस, बास, कपास, स्वाथ्य उपचार, शिक्षा, रोजगार जस्ता मौलिक हकहरुमा बजेट छुट्याएको भए पनि एचआईभि संक्रमितहरुको संरक्षणमा भने यथेष्ट बजेट नछुट्याएको संक्रमितहरु बताउँछन् । शुक्रबार धरानमा बसेको एचआइभी एड्स राष्ट्रिय महासङ्घको कोशी प्रदेश समन्वय बैठकमा एचआईभि संक्रमित भएकै कारण मौलिक हकबाट पनि बञ्चित भई अकालमा मृत्यु वरण गर्नु परेको एचआइभी एड्स राष्ट्रिय महासङ्घका अध्यक्ष खगेन्द्र खड्काले बताउनुभयोे । उहाँको अनुसार नेपालमा रहेका २६ हजार बढी एचआइभी सङ्क्रमितहरू रहेको र ति मध्ये २४ हजार, २ सय ३७ जनाले जीवनरक्षाको औषधी एआरभी पाइरहेको बताउँनुभयो ।

हालसम्म एचआइभी सङ्क्रमितहरूको लागी धेरै मात्रामा दातृ संस्थाहरूले कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष भुजेलले बताउनुभयो । दातृ संस्थाहरूले कार्यक्रम सञ्चालनको जिम्मा सन २०३० देखि सरकारलाई दिने भएकाले नेपाल सरकारले हाल सम्म एचआइभी सङ्क्रमितहरूको लागी केही ऐन कानुन नबनाएकोले बेलैमा सरकारले बेग्लै ऐन नियम कानुन लागु गर्नुपर्ने बताउनुभयो । अध्यक्ष भुजेलका अनुसार महासघले हाल सम्म मुलुकका ५३ जिल्लाका ५७ वटा ठाउँहरूमा सङ्क्रमित लक्षित परियोजना सञ्चालन गर्दै आएको बताउनुभयो । बैठकमा महासङ्घका राष्ट्रिय कार्यक्रम संयोजक शिवु गिरीले सङ्क्रमित बालबालिकाको जीवन जोखिममा रहेको बताउनुभयो । उहाँको अनुसार नेपालमा एचआइभी सङ्क्रमित बालबालिकाको संख्या २ सय ८४ पुगेको छ । उनीहरु एचआइभी सङ्क्रमित छ भन्न पनि कतिपय अवस्थामा गाह्रो रहेको गिरीले बताउनुभयो । बालबालिकालाई हेर्ने बाल संरक्षणको अभाव त्यसमा पनि विभिन्न संस्थाहरु बाल संरक्षण संस्थाहरु भए पनि लिन नमान्ने यसले गर्दा उनिहरुको भविष्य नै अन्योल रहेकाले धेरै जसो बालबालिकाहरु आत्महत्याको बाटो रोज्न खोज्ने बताउनुभयो । बालकालिकालाई शिक्षा, स्वास्थ्य, औषधी, मनोविश्लेषण र रोजगारी दिने वातावरण नै राज्यबाट नरहेको बताउनुभयो । पहिला भन्दा एचआभी संक्रमितहरुलाई केही सहज भएपनि अझै पनि काम गर्ने ठाउँमा होस वा विद्यालयमा पढ्दै गरेका बालबालिकाहरु होस एचआइभी सङ्क्रमित भएको थाह भएपछि कामबाट विभिन्न बाहाना निकालिदिने, स्कुलबाट निकाली दिने गरिएको राष्ट्रिय एचआईभी तथा एड्स महासंघ कोशि प्रदेशका सुपरभाईजर रोमन कुमार राईले बताउनुभयो । उहाँको अनुसार भेदभावका कारण संक्रमित मानिसहरु तथा बालबालिका पर्ने मानसिक प्रभावले उनीहरू पुनः समाजमा घुलमिल हुन नसकेको र समयमा औषधी उपचार गर्ने खर्चको अभावमा अकालमा धेरैकको मृत्यु हुने गरेको बताउनुभयो । प्रदेश १ मा सामान्य चेक जाँच बाहेक उपदयुर अस्पताल, भद्रपुर अस्पलातमा समेत केही नहुने गरेकोले संक्रमितहरु विरामी हुँदा उपचारको लागी विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लानु पर्ने हुन्छ जस्ले गर्दा उपचारको अभावमा कतिपयले अकालमै मृत्यु हुने गरेको राईले बताउनुभयोे । विपी अस्पतालमा सबै उपचारको सेवाहरु भएता पनि कोनसकपी नभएको र कोशि अञ्चल अस्पतालमा भने पिएमटिसिटी सेवा बाहेक सर्जरि, ईन्डोसकपि, कोनसकपि, डाईलेसिस केहि पनि नभएकाले सम्पुर्ण उपचारको लागी कोशी प्रदेश र मधेश प्रदेशबाट उपचारको लागी विपी अस्पताल धरान ल्याउनुपर्ने राईले बताउनुभयो जस्ले गर्दा उपचारको लागी आउँदा आउँदै कतिपय विरामीको मृत्यु हुने राईले जानकारी दिनुभयो । हाल सम्म कोशि प्रदेशमा अनुमानित एचआईभि संक्रमितहरुको संख्या ३५ सय रहेको भए पनि पत्ता लागेको संक्रमतिहरु ३ हजार रहेको राईले जानकारी दिनुभयो । जस्मा एआरट्रि सेवन गरिरहेको संख्या २ हजार ४ सय ३५ जना रहेको छ भने सुनसरीमा अनुमानित एचआईभि संक्रमितहरुको संख्या २१ सय भए पनि पत्ता लागेको संक्रमतिहरु १७ सय ५९ जना, एआरट्रि सेवन गरि रहेको संख्या ८ सय ९८ जना रहेको छन ।
धरानमा अनुमानित एचआईभि संक्रमितहरुको संख्या १५ सय रहेको भए पनि पत्ता लागेको संक्रमतिहरु १४ सय ८४ जना रहेको र एआरट्रि सेवन गरि रहेको संख्या ६ सय ७० जना र ईनरुवामा अनुमानित एचआईभि संक्रमितहरुको संख्या ३ सय रहेको भए पनि पत्ता लागेको संक्रमित संख्याहरुको तथ्याङ्क २ सय ७५ जना र एआरट्रि सेवन गरि रहेको संख्या २ सय २८ जना राईले जानकारी दिनुभयो ।
