बिराटनगर । सुनसरीको ईनरूवा नगरपालिका –९ स्थितमा रहेका अल्पसंख्यक समुदायका परिवारहरूलाई न्यानो कपडा वितरण गरीएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलूको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाको बिशेष आतिथ्यतामा शनिवार दिउँसो समुदायलाई न्यानो कपडा कम्बल वितरण गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा आयोजना गरीएको उक्त कार्यक्रममा अल्पसंख्यक समुदायका ४० घर परिवारहरूलाई न्यानो कपडा वितरण गरीएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मी , नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारी, प्रहरी कर्मचारी लगायत अन्य जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
