धरान । कोशी प्रदेश फुटबल संघको आयोजनामा जारी प्रथम यु–१५ एन्फा प्रेसिडेन्ट कप फुटबल अन्तर्गत सोमबार भएको खेलमा गाइघाट फुटबल क्लब उदयपुर सेमी फाइनलमा प्रवेश गरेको छ ।
धरान १७ एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको प्रतियोगितामा गाईघाट फुटबल क्लव उदयपुरले धरान फुटबल क्लब सुनसरीलाई ४–१ गोल गर्दै सेमी फाइनल प्रवेश गरेको हो । प्रतियोगितामा गाईघाट फुटबल क्लवबाट अरुण अधिकारीले २ गोल, अमर लायोले १ गोल र आयु अधिकारीले १ गोल गरेका थिए । भने धरान फुटबल क्लव सुनसरीको तर्फबाट एकमात्र गोल सुमन बिकले गरेका थिए ।

सोमबार भएको खेलमा प्रोटेक्स्टका कारण म्यान अफ द म्याच घोषित हुन सकेन । पुस ६ गते सम्म चल्ने प्रतियोगिताको मङलबार हुने सेमि फाईनल खेल एल स्टार सुनसरी र रास्ट्रिय जागृती फुटबल क्लव सुनसरी बीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेतालाई ५० हजार नगद र उपविजेतालाई २५ हजार नगद सहित टूफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ र व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही २ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रत्येक दिनको खेलका म्यान अफ द म्याचले नगद १ हजार रुपैयाँ पाउनेछन् ।
