विविध कारणले नेपालमा उद्योग संकटमा

गोविन्द बस्नेत
धरान/ नेपालका उद्योगहरु संरक्षणमा सरकारले कुनै नीति नल्याएकोले नेपालमा सञ्चालित उद्योगहरु ध्माधम बन्द हुदै गएको उद्योग सञ्चालकहरुको गुनासो छ ।
आर्थिक सामाजिक, राजनैतिक कारणका साथै दिनप्रतिदिन बढ्दै गएको लोडसेडिङ्गका कारण समेत उद्योग व्यवसाय दिनप्रतिदिन धरासायी बन्दै गएको सञ्चालकहरुको भनाई छ ।
यसै क्रममा इटहरी उपमहानगरपालिकाभित्र रहेको रिलायन्स स्पेनिङ्गस मिल्स लिमिडेडको समेत यस्तै हविगत रहेको छ । उद्योग सञ्चालन भएको दुई दशकभन्दा बढी समय वितिसक्दा समेत उद्योगलाई निरन्तता दिन समस्या भएको उद्योगका प्रशासन प्रबन्धक मनोज पोख्रेलले जानकारी दिनुभयो ।
वि.सं. २०५१ सालमा स्थापना भई २०५३ सालदेखि धागोका विभिन्न ब्राण्ड उत्पादन गर्दै आएको यस उद्योगले उत्पादन गरेको धागोमध्ये ९५ प्रतिशत बाहिरी मुलुक र ५ प्रतिशतमात्र नेपालमा खपत प्रवन्धक पोख्रेलको भनाई छ । आर्थिक, सामाजिक तथा बढ्दो लोडसेडिङ्गका कारण चाहेजस्तो उत्पादन गर्न नसकिएको उहाको भनाई छ ।
राष्ट्रिय वाणिज्य सहित अन्य १० वटा वैंकको समेत शेयर रहेको यस उद्योगमा हाल ३ हजार ५ सय जनाले रोजगारी पाएका छन् । ती मध्ये १ हजार १ सय महिला रहेको समेत उद्योग सञ्चालकले जानकारी दिएका छन् । उद्योग सञ्चालनका लागि चाहिने कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने, पुराना मेसिनलाई विस्थापित गर्दै नयाा उपकरण खरिद गर्नुपर्ने, लोडसेडिङ्गका समयमा जेनेटरको समस्या झेल्नुपर्ने लगायतका समस्याले २४ घण्टामा ६० टन धागो उत्पादन हुनुपर्ने भएपनि हाल ४५ देखि ५० टनमात्र उत्पादन हुने गरेको उद्योग सञ्चालकको भनाई छ । विजुली िआएको समयमा विजुलीको महसुल प्रति युनिट ८ देखि १० पर्ने भएपनि लोडसेडिङ्गका समयमा ८ मेगावाट क्षमताको जेनेरेटर सञ्चालन गर्नुपर्ने बाध्यता हुादा प्रतियुनिट २५ देखि ३० रुपैया हुने गरेकोले नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ्ग कम गरिदिए
सरकारी सहयोग बिना नै उल्लेख्य मुनाफा कमाउने समेत पोख्रलले जानकारी दिनुभयो ।
२१ विगाहा क्षेत्रफल ओगटेको यस उद्योगले आर्थिक बर्ष २०७०/०७१ मा विभिन्न प्रकारको कठिनाई हुादा समेत ३० करोड आम्दनी भएको बताउदै नेपाल सरकारले उद्योगलाई जोगाउने नीति ल्याएर उद्योगमात्र हैन, राज्यको करमा वृद्धि , त्यहाभित्र काम गर्ने मजदुरको रोजगारी ग्यारेन्टी हुनुका युवा शक्ति वैदेशिक रोजगारमा जानुनपर्ने उद्योग सञ्चालकको भनाई छ ।
शुरुका दिनमा ५ सय करोड लगानी रहेको यस उद्योगमा काम गर्ने मजदुरहरु काम सिकिसकेपछि विदेशका अन्य उद्योगमा जाने भएकोले पनि उद्योग खस्किनुको मुख्य कारण बनेको पोख्रेललको भनाई छ । यस्तै हविगत सुनसरी मोरङ्ग औद्योगिक करिडोर क्षेत्रमा रहेका उद्योगमा समेत रहेको पाइएको छ ।

तपाईको प्रतिक्रिया