धरानमा खानेपानीको अभाव शुरु ः धरानमा सुख्खा मौसम लागेसँगै बर्षेनी खानेपानीको चरम अभाव हुने गरेको छ । तर यस बर्ष अहिलेदेखि नै धरानमा खानेपानी समस्या शुरु भएको छ । धारामा खानेपानी नआएपछि सर्वसाधारण खानेपानीका लागि विछ्याएको पाइपबाटै पानी भर्न थालेका छन् ।

