घण्टाघरबाट हेर्दा

लगलग हल्लियो गणे सरकार
गणे सरकार यतिबेला लगलग हल्लिएको छ । एउटा दुर्गा प्रसाईको अभियानले गणे सरकार यतिविघ्न हल्लेला भनेर गणेका झोलेहरुले पनि सोच्या थिएनन् होला । टालाटुली सिएर बनेका झुम्राको पुतली हो यो गणे सरकार भन्थे हो कि क्या हो ? आफ्ना परिवारलाई व्यवस्थापनका लागि १७ हजारलाई जीवन मुक्ति दिएकोले वाल्वाटारमा बस्ने मौका पाएसी’ त्यसका साक्षी किनारेहरु पनि लगलग काँप्न थाल्या छन् । यतिबेला जताततै हाइहाइ दुर्गा प्रसाई वाईवाइ गणेका मतियार भन्ने नारा लाग्न थाल्या छ । गणेहरु भागेको समाचार सुन्न तीन करोड नेपालीहरु आतुर भएका छन् । गणेहरु अझ केही दिन टिकिरहन राज्यका सम्पूर्ण संयन्त्र प्रयोग गरेर नागरिकको बोल्ने थुतुनो थुन्न दिलो ज्यानले लागिपरेका छन् । सडकाँ हिड्न प्रतिबन्ध लगाएका छन्, तन्नेरी तरुनी, बृद्धबृद्धाहरुलाई समेत अँठ्याउन थाल्या छन् । अबचाहिँ सिद्धिदै लाग्या जस्तो पो देखियो । गणतन्त्रको सुन्दर पक्ष बोल्न नपाइने, हिँडन् नपाइने नै हो कि क्या हो, घण्टाघर पनि बडो द्विविधामा प¥या छ । –धिपधिपे
नागै देखेछन्


नेप्लिज लाँग्रेसका सांसद सुनिल शर्माले वाल्वाटारे जमिन्दारलाई हिजो आज नाँगै देख्न थाल्या छन् रे । वाल्वाटारे जमिन्दार टन्न लुगा लगाएर ठँसठस्ती कन्दै कुम हल्लाउँदै दौरा सुरुवाल लगाएर बसेको भन्ने सुन्नमा आएको छ । तर शर्माले कसरी नाँगै देखे होलान् ? कि त शर्माको आँखामा फुलो प¥या छ कि त वाल्वाटार मुखियाको त्रासले अरुलेचाहिँ कपडा लगाएको देख्या हुन् । केही गडबडी त पक्कै छ । नत्र सुनिल शर्माले भाषन गर्दा जमिन्दारलाई नाँगै देखे भन्ने थिएनन् । गाँठी कुरा के पत्तो लागिहाल्छ । –दोषी चस्मा
लखेट्ने हो रे
अभियन्ता दुर्गा प्रसाईका लावा लस्करले अस्तिका दिन गज्जबको नारा लगाइदिए । गनतन्त्र फाल्ने हो, सिंहदरबार घेर्ने हो, नेताहरु लखेट्ने हो, राजा लेराउने हो रे । हैन अलि पत्याउने खालको गफ जोतेको भए बेश हुन्थ्यो । गणतन्त्र कसरी फाल्दा हुन्, सिंहदार कसरी घेर्दा हुन्, नेताहरु कसरी लेखेट्दा हुन अनि राजा कसरी लेराउदा हुन् ? हुन त जनता जागे भने कस्ता कस्ता शुरवीरहरु धाइफल तोडेर भागेका छन् । टुप्पाबाट पलाएका जरा बिनाका गणेराजाहरु कुन खेतका मुली हुन र ? जनतालाई जाग्न दिन गणेहरुले नाँगो नाँच देखाउन थाल्या छन् । हेरम केही कुछ त हुन्छ जस्ता लाइराछ
घण्टाघरलाई । –वारपार
टिक्थेकी नत्र गेल
सत्ताको आडमा वेहिसाव चास्नी खाएर बसेकाहरु अब चास्नी खानबाट बञ्चित होलान् जस्तो छ । एकपटक चास्नीमा डुबेपछि त्यसबाट फर्कन गाह«ो पर्छ । चास्नी खन्चुवाहरुलाई घण्टाघरको सुझाउ छ दुर्गाको अभियन्ताहरुलाई रोक्ने हो भने सामाजिक सञ्जाल सबै प्रतिबन्ध लगाउनु प¥यो । त्यसपछि त न रहे बाँस न बसे बाँसुरी । जनताहरु चास्नी खन्चुवाहरुसँग यतिविघ्न आगो त्यही सामाजिक सञ्जालबाटै भा’ हुन् । छिसिक्क चाट्यो थाहा पाइहाल्छन् । टिकटक मात्र बन्द गरेर पुग्दैन । फेसबुक, ट्विटर, स्टेग्राम, टेलिग्राम सबैमा प्रतिबन्ध लगाइदिएसी’बातै खलास । चास्नी खानेले यतितिर ध्यान पु¥याउने हो कि ? –बराल्नी कान्छी
पौड्याल निवासमा कफ्र्यु !
सुन्दा पनि अचम्म लाग्छ । राष्ट्रपति ? रामचन्द्रे बाजेको निवास बाहिर यतिबेला कफ्र्यु लाग्या छ रे । बाजेको निवास बहिर किन कफ्र्यु लगाएको होला ? लगौटी समेत खुस्कन लागेको सरकारले अन्तत ः कफ्र्यु लगाएर कायरता देखाएकै थियो तर बजेको निवास अगाडि कफ्र्यु लगाउनु पर्ने पर्ने के आपत्त आइ परेछ ? दुर्गा प्रसाईका अभियन्ताहरुले राष्ट्रपति निवास घेरा हाल्ने…………भन्ने बाजेले चाल पाएसी’ आफैले नै कफ्र्यु लगाएका हुन् रे । बाजे के साह«ो काँपेका हँ ? साँच्चै नै जनताका राष्ट्रपति भा’भए सरक्क शितल निवासबाट निस्केर टन्टलापुर घाममा अभियन्ताहरुसँगै आए कत्रको वाहवाही हुन्थ्यो । कतिदिन कफ्र्य लगाएर शतल निवासमा थच्चिने ? –मंगले
झण्डा बोक्नेलाई डण्डा
वर्तमान टालाटुलीको पुतली सरकार यतिबेला नेपालको राष्ट्रिय झण्डा बोक्नेहरुलाई डण्डा हान्दै गिराफ्तार गर्ने अभियानमा तिब्र रुपमा लाग्या छ । अन्त देशाँ राष्ट्रिय झण्डा बोक्नेलाई कत्रो सम्मान गरिन्छ । गौरव गरिन्छ । तर हाम्रामा राष्ट्रिय झण्डा बोक्नेको टाउको फुटाइन्छ, गिराफ्तार गरिन्छ, जेल कोचिन्छ । हुन त छिछिमिराको प्वाँख पलाएसी आफै सिद्धिन्छ भन्छन् । पुतली सरकारको पनि प्वाँख पलाएछ क्यारे ।– गुइँठे
हैन के साह«ो तर्सेको ?
हैन हौ वर्तमान डेड एक्पायर हुन लाग्या सरकार के साह«ो तर्सेको हँ ? अब त हुँदा हुँदा सडकमा दौरा, सुरुवाल, कोट लगाएर हिडेको् मान्छे देख्यो कि चिच्याएर थर्थरी काँप्न पो थालेछ । आफ्नो देशको राष्ट्रिय पोसाक लगाउँदा त्यसरी काँप्ने सरकार नै हो । अव हेरम न यतिबेला काठमाण्डौमा कसैले दौरा सुरुवाल, कोट, टोपी लगाएर हिड्यो भने त्यसलाई डेड एक्स्पाएर हुन लागेको सरकारले धमाधम गिराÏतार गर्न प्रहरीलाई निर्देशन द्या रै’छ त । नत्र ८०–९० बर्षका बृद्धहरुलाई नतर्सेको भए किन गिराÏतार गथ्र्याे ? राष्ट्रिय पोसक लगाएर हिड्यो कि उसलाई दुर्गा प्रसाई नै देख्दो रै’छ । हुन त अगुल्टादले हान्या कुकुर विजुली चम्किदा पनि तर्सेर कुले ठोक्छ । त्यही भा’ भोला । –भने
अन्त्येमा
राप्रपा र रास्वपा भन्ने पार्टी घण्टी हल्लाउँदै बस्या छन् रे । खुबै परिवर्तनको कुरा गर्थे । अहिले जामा, चुरा लगाएर घरबाट बाहिर निस्किदैनन् रे । घण्टाघरले पनि वाइनाकुलर सोझ्याएर खोज्दा कहीकतै फेला परेनन् । पहिला पहिला यी दुवैलाई मौका परास्त भन्थे अहिले आएर सोह«ै आना सही देखियो । दुर्गा पसाई र लाखौ पीडितले चिसो मौसममा सडक तताइरहँदा ती दुई लठुवा किन बाहिर ननिस्केका होलान् ? तातिएको फलाममा घन ठोक्नु पर्ने हैन ? अब ती दुईको मुखुण्डो पनि जनताले ह्वाङ बनाइदिन्छन् । अनि भल्यास होलान् । –भगौटे

तपाईको प्रतिक्रिया