धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले सहिदभुमि ४ का शारिरीक रुपमा अशक्त करुणा राईलाई नागरिकता प्रदान गरेको छ । सहिदभुमि गाउँपालिकामा सञ्चालित न्यायमा पहुँच कार्यक्रम अन्तर्गत वडा नं ४ का १८ वर्षिय राईले जिल्ला प्रशासन कार्यालय धनकुटाबाट आईतवार नगरिकता प्राप्त गर्नुभएको हो ।

राईलाई नागरिकता दिलाउन वडा अध्यक्षले जिल्ला प्रशासन कार्यालय धनकुटा सम्म ल्याउन सहयोग गरेको पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मीन प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
नागरिकता पाएसँगै राईले खुशी व्यक्त गर्नुभएको छ ।
