बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

झापा । झापाको कमल गाउँपालिका–४ का २३ बर्षीय आषिश तामाङलाई बुबाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।  आइतबार बिहान साँढे ६ बजेको समयमा तामाङले ४५ बर्षीय बुबा भोला कुमार तामाङलाई कराई र धारिलो हतियार दाउले टाउको लगायत शरिरका बिभिन्न भागमा प्रहार गरी हत्या पश्चात फरार भएका थिए । बुबाको हत्या गरी फरार भएको भन्ने सूचना प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले तामाङलाई कमल गाउँपालिका–४ दुधेबाट पक्राउ गरेको हो । मृतक तामाङको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी दमक अस्पताल पठाएको तथा घटना सम्बन्धमा अन्य थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

तपाईको प्रतिक्रिया