धरान । उदयीमान शक्ति राष्ट्र भारतले मंसिर १ गते भर्चुअल ढाँचामा दोस्रो भ्वाईस अफ ग्लोबल साउथ समिटको आयोजना ग-यो । यस अघि भारतले २०७९ पौष २८–२९ गते दुई दिन भर्चुअल ढाँचामै पहिलो पटक भ्वाईस अफ ग्लोबल साउथ समिटको आयोजना गरेको थियो । भारतको उक्त नविनतम कार्यक्रमले साझा मञ्च मार्फत आ–आफ्नो विचार तथा प्राथमिकता एक अर्कासँग साटासाट गर्न ग्लोबल साउथका १२५ राष्ट्रलाई एकै ठाउँमा ल्याएको थियो । जि २० को अध्यक्षता अवधिभरि भारतले ग्लोबल साउथका सरोकारहरुलाई समयै सम्बोधन गर्ने र जल्दोबल्दो विश्वव्यापी चुनौतिका समाधान खोज्ने क्रममा ग्लोबल साउथका प्राथमिकतालाई ध्यानमा राख्नेतर्फ काम गरेको थियो ।

भ्वाईस अफ ग्लोबल साउथको दोस्रो सस्करणले भारतको अध्यक्षतामा सम्पन्न विभिन्न जी २० वैठकहरुले हाँसिल गरेका मुख्य उपलब्धीहरु ग्लोबल साउथका राष्ट्रहरुसँग साझा गर्ने जनाएको छ । विश्व व्यापी विकासका कारण देखा परेका चुनौतिका विषयमा पनि बैठकमा छलफल भएको थियो । अझ बढी समावेशी, प्रतिनिधिमूलक र प्रगतिशील विश्व व्यवस्था होस् भन्ने साझा आकांक्षालाई पूरा गर्न आवश्यक उपायहरु माथि छलफल शिखर सम्मेलनले मञ्चको रुपमा काम गरेको छ । भ्वाइस अफ ग्लोबल साउथ समिटको दोस्रो संस्करण १० वटा सत्रमा विभाजित गरिएको थियो । उद्घाटन र समापन सत्रको सञ्चालन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभएको थियो । उद्घाटन सत्रको विषय ‘एक साथ सबैको विकासका लागि, सबैको विश्वाससँगै’ र समापन सत्रको विषयवस्तु ‘ग्लोबल साउथ : एक भविष्यका लागि एक साथ’ भन्ने थियो । यी बाहेक सम्मेलनमा आठवटा मन्त्रिस्तरीय सत्रहरु रहेका थिए । जसका विषयहरु India And the global south : Emerging together for better Future नामक विषयवस्तुमा विदेशमन्त्री सम्मिलित सत्र, Marking Human Resource Future Ready नामक विषयवस्तुमा शिक्षामन्त्री सम्मिलित, ‘Financing People-centric Developent ’ नामक विषय वस्तुमा अर्थमन्त्री सम्मिलित सत्र, ‘Sustainable solution for climate Resilience and climate Finance ’ नामक विषय वस्तुमा वातावरणमन्त्री सम्मिलित सत्र, ‘Global south and Development नामक विषय वस्तुमा विदेशमन्त्री सम्मिलित सत्र ‘Afforadable and inclusive emergy Transition for sustainable development नामक विषयवस्तुमा उर्जामन्त्री सम्मिलित सत्र, ‘Solutions from the globle south for ond health ’ नामक विषयवस्तुमा स्वास्थ्य मन्त्रि सम्मिलित सत्र, ‘Global South and resilient supply chains ’ नामक विषयवस्तुमा वाणिज्य–व्यापार मन्त्री सम्मिलित सत्र भएको थियो । यहाँ स्मरणीय कुरा के छ भने नेपालका पूर्व उपप्रधानमन्त्री एवम अर्थमन्त्री विष्णु पौड्यालले २०७९ को भर्चुअल आयोजना गरिएको भ्वास अफ ग्लोबल साउथ समिट बैठकमा सहभागिता जनाउनु भएको थियो । सो वैठकमा अन्य राष्ट्रका अर्थमन्त्रीहरु पनि उपस्थित थिए । यस बर्ष भारतमा सम्पन्न जी २० सम्मेलनको फाइनान्स ट्रयाक बैठकमा नेपालले पनि सहभागिता जनाएको थियो ।
