छैठ पर्व साझा पर्व बन्दै : हर्षोल्लासका साथ सबैले मनाए पर्व

धरान । छठ पर्व समावेशी पर्वको रुपमा विकास हुदै गएको छ । उदाउदो र अस्ताउदो सूर्यलाई अर्घ दिई मनाउने यो पर्व अन्य पर्वजस्तै साझा पर्वको रुपमा विकास हुदै गएको हो । मधेशी समुदायले धुमधामसँग मनाउने यो पर्व सबैले आत्मसात गरेर सबै समुदाय एकै ठाउँमा बसेर मनाएको दृश्यले मधेशी समुदायसँगै यो पर्व पहाडे समुदायले समेत आफ्नै पर्वको रुपमा ग्रहण गरेर धुमधामसँग मनाउन शुरु गरेका हुन् । पछिल्लो समय यसलाई स्थानीय सरकारले समेत सहयोग पु¥याउँदै आएको छ । धरान १५ सेउती खोलामा तेह्रथुम जिल्लाको लालीगुरास नगरपालिका वडा नं. २ बाट बसाई सराई गरेर धरान १५ केही बर्षदेखि बसोबास गर्दै आउनुभएका पदमबहादुर गुरुङ उहाँका परिवार तथा छरछिमेकले एकै ठाउँमा छठ पर्व मनाए । बौद्ध धर्मालम्बी भए पनि उनीहरुले तीन बर्षदेखि लगातार सेउती खोलामा गएर छठ पर्व मनाउने गरेका छन् । अहिले यो पर्व उनीहले आफ्नै पर्वको रुपमा आत्मसात गरिसकेका छन् ।

 
यस्तै धरान १ का पूर्णबहादुर श्रेष्ठले समेत सात बर्षदेखि परिवारसहित सेउती खोलामा गएर छैठ पर्व मनाउन थाल्नुभएको छ । छैठ पर्व सबैको साझा पर्व भएकोले सात बर्षदेखि नियमित रुपमा बर्षेनी छैठीमाताको आराधाना गरेर पर्व मनाउन थालेको उहाँ सुनाउनुहुन्छ । उहाँमात्र हैन सेती र सर्दु खोला किनारामा छैठ पूजामा सहभागीहरु हुनेहरु सबै जातजाति थिए । नेपालको संविधानमै सबै जातजातिको पर्व राष्ट्रिय पर्वको रुपमा मान्यता दिएको छ । यसलाई आत्मसात गर्दै बर्षेनी छैठ पर्व मनाउनेको सहभागिता बढद्दै गएकोमा विगतमा मधेशी समुदायमात्र भेला भएर छैठ पर्व मनाउदै आएकाहरु अहिले दंगमात्र छैनन्, यो पर्व विशाल र भव्य बन्दै गएकोप्रति धरान २ का ब्रतालु सन्तोष कलवार खुशी व्यक्त गर्नुहुन्छ ।  छैठ पर्व साझा पर्व बन्दै गएपछि स्थानीय सरकारले पनि यसको संरक्षण र प्रवद्र्धनमा काम गर्दै आएको छ । सेउती खोलामा रहेको काठको पूल पक्की बनेको छ जसले छैठ पूजाको दृश्य पुलबाट सर्वसाधारणले सहज रुपमा दृश्वालोकन गर्न सक्छन् । पछिल्लो समय धरान ४ र १५ को दोसाधमा रहेको सेउती खोलामा बर्षेनी हुने छैठ पर्वलाई व्यवस्थित गर्न स्थानीय सरकारले सो स्थानमा छैठी माताको मन्दिर समेत स्थापना गर्ने तयारीमा जुटेको छ । टोल विकास समिति, छैठ पर्व व्यवस्थापन समिति तथा धरान उपमहानगरपालिका वडा नं. १५ को संयुक्त पहलमा सेउती खोला नजिकै जग्गाको समेत पहिचान गरिसकेको छ । आगामी बर्ष छैठ पर्व मनाउन आउनेहरुले छैठीमाताको समेत पूजाआजा गर्न पाउने व्यवस्था गरिने धरान १५ का वडाध्यक्ष नरेश इवारम बताउनुहुन्छ । आदिवासी जनजातिको सहर धरानमा मिश्रित जातिको बसोबास रहेको छ । यहाँ लिम्बुहरुको चासोक तङ्नाम, राईहरुको साकेला, नेवारहरुको लाखेनाँच, गाइजात्रा, मगरहरुको हुर्रा नाच, हिन्दु महिलाहरुलेमात्र मनाउँदै आएको तीज पर्व लगायतका सबै जातजातिका चाडपर्व सामुहिक रुपमा मनाउन थालिएको छ । अहिले सबै जातजातिको चाडपर्व साझा पर्वको रुपमा विकास भएको छ ।

 

तपाईको प्रतिक्रिया