बारा । दशै अगाडिसम्म शान्त रहेको मधेश प्रदेशमा आपराधिक गतिविधि मौलाउन थालेको छ । कहिले ज्वाला सिंह, कहिले गोइत समूह, कहिले मधेशवादी दलको अराजनैतिक गतिविधिले अशान्त
तराईमा फेरि आपराधिक गतिविधि मौलाउन थालेको छ । सोमबार बारा जिल्लाको कलैयास्थित एक विद्यालयका प्राद्यानाध्यापकमाथि दिनदहाडै गोली प्रहर गरी हत्या गरिएको छ । कलैया उपमहानगरपालिकाको मुख्य चौकमा करिब ५० बर्षीय बाल एकता बोर्डिङ्ग स्कुलका प्रद्यानाध्यापक रुपेश स्वर्णकारको अज्ञात समूहले गोली प्रहार गरेका थिए ।

गोली प्रहारबाट सख्त घाइते स्वर्णकारलाई उपचारार्थ पहिला प्रादेशिक अस्पताल कलैया लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई विरगञ्जस्थित बयोधा अस्पताल पु¥याए पनि चिकित्सले उनलाई मृत घोषित गरेका थिए । दिनदहाडै इलाका प्रहरी कार्यालय कलैयाभन्दा २ सय मिटर दूरीमा मोटर साइकलमा आएका दुई अज्ञात व्यक्तिले छाती र घाँटीमा गरी दुई गोली प्रहार गरेका थिए । प्रद्यानाध्यापक स्वर्णकारको मृत्यु पश्चात कलैया बजारमा त्रास छाएको स्थानीय शिवदेव यादवले बताए ।
