धरान । ‘युर्निभर्सल डिक्लियर ह्युमन राइटस्’ मुख्य नाराका साथ सम्पन्न ३३ औं जेष्ठ नागरिक दिवसका अवसरमा अक्टोबर १ अर्थात असोज १४ गते धरान जेष्ठ नागरिक मिलन केन्द्रले असल बुहारीको रुपमा धरान १६ निवासी सुनिता कार्कीलाई सम्मान गरेको छ । सुनिता कार्कीले अर्बुद रोगबाट थलिएको अवस्थामा आफ्ना ससुरा, व्यवसायी एवम् समाजसेवी स्व. शम्भु काकीको अत्यन्तै राम्रो स्याहारसुसार गरेको भन्दै आइतबार आफ्नै कार्यालय परिसरमा आयोजित कार्यक्रममा केन्द्रले उहाँलाई सम्मान गरेको हो ।

सो अवसरमा बोल्दै केन्द्रका उपाध्यक्ष एवम् बौद्धिक व्यक्तित्व कुमारबहादुर कार्कीले भन्नुभयो जेष्ठ नागरिकका सम्बन्धमा राज्य, समाजले कहिल्यै राम्रो व्यवहार गरेको छैन । जेष्ठ नागरिकले आफ्नो उमेरमा हरेक प्रकारका ज्ञान, सीप सिकाएका छन् । सम्पत्ति नभएका जेष्ठ नागरिकलाई स्वयम् समाजले अपेहेलित गर्ने गरेको दृष्टान्त दिँदै उपाध्यक्ष कार्कीले नेपालको संविधानले १७–४७ मौलिक हक प्रदान गरे पनि ती कार्यान्वयन नभएका बताउनुभयो । धरान जेष्ठ नागरिक मिलन केन्द्रकी अध्यक्ष सरला कायस्थको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन गंगाप्रसाद रेग्मीले गर्नुभएको थियो ।
