समाजको अध्यक्षमा तुसुजु

धरान । विभिन्न कालखण्डमा धुलिखेलबाट बसाई सरी धरान आइ व्यापार, व्यवसाय लगायत पेशामा आवद्ध धुलिखेलेहरुको साझा मञ्च धुलिखेल समाजको अध्यक्षमा सुनिल तुसुजु श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको छ । सामाजिक उत्तरदायित्व वहन गर्ने, धुलिखेलमा हुने गरेका सँस्कृतिको जगेर्ना गर्ने, धुलिखेलेहरुलाई संगठित गरी संस्थागत रुपमा अगाडि बढ्ने उद्देश्यले वि.सं. २०६१ सालमा समाजको स्थापना भएको थियो । समाजको पहिलो संस्थापक अध्यक्षमा दिलकृष्ण तुसुजु श्रेष्ठ रहनु भएको थियो ।


शनिवार भएको १९ औ साधारण सभाले १५ सदस्यीय कार्य समिति समेत निर्विरोध निर्वाचित गरेको  छ । जसमा निवर्तमान अध्यक्ष युगलकुमार तखाछे, उपाध्यक्षमा इन्दु कोजु, मोहन गज्याजु, सचिवमा अभिमन्यू खच्छेजु, सह–सचिवमा प्रदीपकुमार गज्याजु र कोषाध्क्षमा सुमन चोन्छे रहनु भएको छ ।  यसैगरी सदस्यहरुमा मेनकुमार धोजु, राजेन्द्रप्रसाद टक्सारी, निल तुसुजु, अनिता घालाछे, अञ्जु गज्याजु, झलकमान चुके, मनोज गज्याजु र मेहर याकाछे निर्वाचित हुनु भएको छ ।

तपाईको प्रतिक्रिया