विराटनगर । भारतको विहार प्रदेश अन्तर्गत दरभंगा रेल्वे स्टेशनमा नेपाली युवा मृत फेला परेका छन् । दरभंगा स्टेशनका भारतीय प्रहरीले ती युवकको साथबाट प्राप्त नेपाली नागरिकताको प्रमाणपत्रका अनुसार मृतक विराटनगरका सुरेन्द्र पौड्याल भएको खुल्न आएको छ । विराटनगर उपमहानगरपालिका वडा नं. ११ का पौड्यालको नागरिकता नं. ५१७–३६४४ रहेको छ । खैरो भेष्ट, कालो पाइन्ट, खुट्टामा चप्पल लगाएका मृतक पौडेलको झोला समेत सँगै रहेको दरभंगा स्टेशन प्रहरीले जनाएको छ ।

मृतक पौड्याल उक्त स्थानमा कसरी पुगे र उनको मृत्युको कारण के हो भन्ने सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । आइतबार मृत्यु भएको अवस्थामा भेटिएका पौड्यालको हालसम्म कोही आफन्तले सम्पर्क नगरेको स्टेशन प्रहरीले जनाएको छ । मृतकको हुलिया भएको फोटो, नागरिकता दरभंगा प्रहरीले मोरङ प्रहरीलाई पठाएको जनाएको छ ।
