धरान । प्रत्येक नागरिकले सहज रुपमा स्वास्थ्य उपचार पाउने कुरा नेपालको संविधानमै उल्लेख छ । चेकजाँचसँगै सर्वसुलभ ढंगले उपचार पाउनु उसको नैसर्गिक अधिकार हो, तर राज्यको नियमकारी निकाय फितलो हुदा स्वास्थ्य क्षेत्रबाट नै सर्वसाधारण ब्रम्हलुटमा पर्ने गरेका छन् । यसको प्रत्यक्ष उदाहरण दक्षिण एसियाकै एसियाकै प्रतिष्ठित अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट अगाडि सञ्चालन भएको पोलिक्निक र औषधि पसललाई लिन सकिन्छ । औषधि र उपचारको नाममा सर्वसाधारणलाई दिनदहाडै लुट्दा समेत नियमनकारी निकाय मौन छ । यस्ता अनुगमनकारी निकायहरुले समय समयमा अनुगमन गरेर झारो टार्ने काम बाहेक केही गरेको पाइदैन ।

प्रत्येक नागरिकले सहज रुपमा राम्रो स्वास्थ्य उपचार पाउने उसको अधिकार हो । चेक जाच सगै औषधी समेत सहज सगै सर्वसुलभ पाउनु हरेक नागरिकको अधिकार हो । स्वाथ्य जस्तो संवेदनशिल क्षेत्रमा सञ्चालन हुने अस्पताल होस् या पोलिक्लिनिक र औषधी पसल वैध रुपमा सरकारले तोकेको मापदण्ड पुरा गरेर सञ्चालन हुनपर्छ । तर धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट वाहिर सञ्चालनमा रहेका सबै पोलिक्लिनिकहरु अवैध रुपमा सञ्चालन भइरहेका छन् । गेट वाहिर सञ्चालनमा रहेका अधिकांश फार्मेसीहरु समेत नियमविपरित सञ्चालनमा छन् ।
धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट वाहिर सञ्चालनमा रहेको सबै पोलिक्लिनिकहरु अवैध रुपमा सञ्चालन भइरहेका छन् । पोलिक्लिनिकसगै फार्मेसीहरु समेत अवैध रुपमा सञ्चालनमा रहेका छन् । कतिपय फार्मेसीहरुमा त अनाधिकृत व्यक्तिहरुले औषधी समेत विक्री गरिरहेकेो पाइएको छ । कतिपय औषधीहरु तोकिएको भन्दा धेरै मुल्य लिएर बिक्रि गर्ने फार्मेसी सुपरभाइजर अशोक साहले बताउनुभयो । पोलिक्लिनिक तथा फार्मेसीहरु आधिकारीक रुपमा दर्ता नगरी तथा केहीले दर्ता गरे पनि नविकरण नगरी सञ्चालन समेत गर्ने गरेका छन् । ५० प्रतिशत भन्दा धेरै फार्मेसीमा अनाधिकृत व्यक्ति राखेर औषधी विक्री गर्ने गरेको तथा आफु नवस्ने गरेको पाइएको जिल्ला जन स्वास्थ्य कार्यालय सुनसरीका निरीक्षक पर्शुराम साहले बताउनुभयो । प्रतिष्ठानको गेटमा सञ्चालनमा रहेको दिव्यम् डाइनोष्टिक सेन्टर र माता पाथीभरा मेडिकल सेन्टर विना दर्ता नै सञ्चालन गरेको पाइयो । । सुनसरी प्याथोलोजी ल्याब, पाँचकन्या पोलिक्लिनिक र सुनकोशी डाइनोष्टिक अवैध रुपमा सञ्चालनमा रहेको पाइयो । उनीहरुले ०७३ सालमा दर्ता गरे पनि त्यसपछि नविकरण गरेका छैनन भने सेवा थप गरेको भए पनि अनुमति भने नलिएको जनस्वास्थ्य निरीषक साहले जानकारी दिनुभयो । अनुमति नलिइ फार्मेसी तथा पोलिक्लिनिकहरुको अवैधमा सञ्चालन भइरहेको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यलयको नेतृत्वमा अनुगमन टोली पुग्दा कतिपय व्यवसायीहरु पसल बन्द गरेर भागेका थिए । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत केशव खतिवडाको नेतृत्वमा प्रतिष्ठानको गेट अगाडी टोली पुग्दा अवैध रुपमा सञ्चालनमा रहेका फार्मेसीहरु बन्द गरेर व्यवसायहरु भागेका थिए । कानुन विपरित सञ्चालन भएका फार्मेसी तथा पोलिक्लिनीकहरुलाई कारबाहीको दायरामा ल्याउने जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडाले बताउनुभयो ।
प्रतिष्ठानको गेट वाहिर सञ्चालनमा रहेका करिव २ सय ५० मार्फेसी मध्ये टोलीले ५८ वटाको अनुगमन गरेको थियो भने अन्य अधिकांश अनुगमन टोली आएपछि बन्द गरेर भागेका थिए । गृह मन्त्रालय निर्देशनमा जिल्ला प्रशासन कार्यलयले सुनसरीका १२ वटै स्थानिय तहमा अनुगमनलाई तिव्रता दिइरहेको छ । यहाँ पटक पटक अनुगमन गरिन्छ तर सुधारको पाटो भने पटक्कै पाइदैन । दण्ड जरिवाना लिएर छाडिदिने तर कारबाही नहुने प्रवृत्तिले गर्दा पोलिक्लिक तथा फार्मेसी सञ्चालनकर्ताको मनोवल बढेको पाइएको छ । नियमनकारी निकायले अनुगमनसँगै कारबाही गर्न जरुरी देखिएको छ ।
