डेंगुको संक्रमण न्यूनिकरणका लागि सडक छेउका झारपात सरसफाई

धरान । धार्मिक पर्यटकीय स्थलको विकासमा स्थानीय टोलबासी सक्रिय भएर लागेका छन् । प्रत्येक शनिवार श्रमदान गरेर आफ्नो स्थानको विकास गर्ने उद्देश्य बोकेर हिडेका धरान १४ विजयपुरबासीले सेउती खोलाबाट हुने स्रम्भावित क्षति न्यूनिकरणका लागि तटबन्द निर्माण, जलाधार क्षेत्रको संरक्षण अभियानसँगै सडक स्तरोन्नतिमा केन्द्रित भएका छन् । धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुर धार्मिक पर्यटकीय क्षेत्र हो । यहाँ भएका मठ मन्दिरमा हिन्दु धर्मालम्बीहरु दर्शनका लागि उल्लेख्य रुपमा आउने गर्छन् । अन्य ठाउँबाट सर्वसाधारण आए पनि नजिकैको स्थानसँग भने सम्बन्ध टुटेको अवस्था छ । अझ भन्नुपर्दा धरान ४ र ५ जोड्ने सेउती खोलामा अहिलेसम्म पुल निर्माण हुन सकेको छैन भने बाटो समेत जीर्ण रहेको छ । यसैलाई मध्यनजर स्थानीहरुले श्रमदानलाई व्यापकता दिएका हुन् ।


धरान १४ विजयपुरको बेलडाँडाबाट झोलेंगे पुल हुदै धरान ४ र ५ जोडिन्छ । सडक झोलुंगे पुल पुगेपछि टुंगिन्छ । त्यहाँसम्म पुग्ने सडक समेत साँगुरो छ । स्थानीयहरुले यो सडकसँगै सेउती पुलमा पक्की पुल बनाएर धरान १४ सँग यी वडाहरु जोड्न अहिले सक्रिय भएर लागेका हुन् । विगतमा समेत सडक स्तरोन्नतिमा आफै झम्पल र गैती बोकेर श्रमदान गरेका स्थानीयहरु अहिले पनि सडक छेउछाउमा भएका झाडीहरु सफा गर्ने कामलाई निरन्तता दिँदै आएका छन् । कृषि पकेटक्षेत्र रहेको ४ र ५ बाट अत्याधिक कृषि सामाग्री यही बाटो भएर धरान भित्रिने गर्छ । धरानमा डेंगुको संक्रमण बढ्दै गएकोले डेंगु नियन्त्रणसँगै आफ्नो ठाउँ आफै बनाउनुपर्छ भन्ने अभिप्रायले सडकका छेउमा रहेको झाडी सरसफाइ गरेको स्थानीयहरु बताउँछन् ।  यो अभियानमा १४ का विभिन्न संस्थाहरु लागेका छन् । विशेष गरेर जनश्रमदानमा याखा समितिले बढी पहल गर्दै आएको छ । याख्खा समितिको भिजन अनुसार १४ नं. वडा समितिले सहयोग गरेको याख्खा समितिका अध्यक्ष निरकुमार राई बताउनुहुन्छ । उहा भविष्यमा धरान १४ लाई सबैतिर जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने अभियानमा याख्खा समितिले समेत सहयोग गरेको बताउनुभयो । यो बाटोले धरानको धार्मिक पर्यटकी क्षेत्र शिवजट्टा, दानाबारी, किरात वस्ती, ६ बोटे लगायतका बस्ती जोड्ने् भएकोले बाटो बन्न अत्यावश्यक भएको बताउनुभयो ।धरान आएका १ सय जना पर्यटकमध्ये ६० जना पर्यटक धरानको विजयपुरका धार्मिक क्षेत्रमा आउने गरेका छन् । साउनको महिना बोलबमको महिना भएकोले पिण्डेश्वर मन्दिरमा अत्याधिक भक्तजन आउने गरेका छन् । त्यसबाहेक बुढासुब्बा, दन्तकाली, पञ्चकन्या, पाथीभरा लगायतका मन्दिरमा पनि उत्तिकै भक्तजन आउने भएकोले विजयपुरसँग अन्य ठाउँलाई जोड्न सके अझ पर्यटक थपिने उनीहरुको बुझाई छ ।

तपाईको प्रतिक्रिया