घण्टाघरबाट हेर्दा

ढाँट्नुको पनि सीमा हुन्छ
हाम्रा बयोवृद्ध राष्ट्रपतिको नामचाहिँ रामचन्द्र भए नि व्यहोरा चाहिँ रावणचन्द्रकै रै’छ । अरुलाई बडो इमान्दार र सादगी गुड्डी हाँक्थे तर बाजेको व्योहोराचाहिँ सराद्धका टपरे भन्दा कम रै’नछ । अब हेरम न अस्ति नै उपचार गर्न दिल्ली जाँदा लागेको ५५ लाख रुपैये म आफै तिर्छु भन्थे । जनताले नि होला त नि भनेर पत्याए । अस्तिका दिन त निवेदन लेखेरै अर्थ मन्त्रालयसँग पैसो मागेछन् । सरम छाडाको पनि एउटा सीमा हुन्छ नि । बाजेले त सरमछाडालाई नि सरम हुने गरी व्योहोरा देखाइदिएछन् । नसक्ने भए पहिल्यै प्वाक्क नवोल्या भए हुन्थ्यो । पहिला कति न आदर्शवान भएर बोल्ने अनि लाष्टाँ आएर पोको पार्ने । जेहोस् सोहोर्ने मामलामा बाजे पनि पुरानै खेलाडी हुन् । त्यसै गोल्छे सार्कीले संसदमा झापु बजाएका थिएनन् । कि कसो हौ ?


बनाइदिए त बनाइदिए
थुतुनोले नभ्याए पिँधले नि बोल्न नछोड्ने हाम्रा देशका पर्धानमन्तरीले अस्तिका दिन आफूलाई दिल्लीले पर्धानमन्तरी बनाइद्या हो भनेर के बोल्या थे जोरीपारिहरुले हो हल्ला गर्ने दह«ो मसला पाए । बोल्ने, उफ्रने, संसद अवरुद्ध गर्ने कुनै मसला नपाएर त्यसै नुन खाएको कुखुरा झोक्र्याए झै झोक्र्याएर बसेका जोरीपारिहरुमा यतिबेला नयाँ रक्तसञ्चार भएको छ । हाम्रा प्रचण्डाउ पनि उस्तै छन् । सत्य कुरा त के गर्नै हुन्थेन । दिल्लीले नबनाए जाबो ३२ सिटेलाई यहाँ कस्ले पर्धानमन्तरी दिन्थ्यो ? ८० सिटे, ९० सिटेहरु बाहिर ट्वाँ परेर बस्या छन् । ३२ सिटेको वाल्वाटार र सिंहदरबारमा हालीमुहाली चल्या छ । बरु अरुले नि प्रचण्डाउको शैली अपनाउने हो कि ? राम्रो कामको अनुशरण जसले गर्दा नि के फरक पर्छ ?
माकुने–बाउरामलाई अठ्या
ललिता निवास प्रकणमा मुख्य भिलेनहरु माकुने–बाउरामलाई यतिका दिनसम्म किन नअँठ्याएको होला ? ती दुई स्वाँठकै निर्देशनमा त्यत्रो ललिता निवास काण्ड घट्यो । तर लुरे अख्तियार, महा लुरे घरेलु मन्तरी चाहिँ झिना मसिना कारिन्दारहरुलाई अँठ्याएर वाहुवली प्रदर्शन गरिरा’छ । माकुने–बाउरामलाई अँठ्याए दूधको दूध पानीकोपानी हुने थियो । दोषी कसैलाई छोडिदैन भनेर घरेलुमन्तरी लारायन काजी बेला बेलामा गुड्डी हाँक्छन् । तीनको पावर पनि देखियो । अख्तियारको त झन गफै नगरम किथ्रा फट्यांग्रा समातार बहादुरीको पगरी गुत्ने नाथेले कहाँ माकुने–बाउराम अँठ्याउन सक्छ ।
राष्ट्रिय भाउजुलाई सुनपानी
राष्ट्रिय भाउजु माने र्याले काजीकी जोइ बुढानिलकण्ठे  महारानीलाई दश दलले नन्दीभृंगीहरु सुनपानी छर्केर चोख्याउन यतिबेला लगौटी कसेर लाग्या छन् । तिनलाई नचोख्याए दश दलेहरु सडकमा पुग्ने निश्चित छ । बल्ल तल्ला सिंहदरबार छिर्न पा’छन् । सडकमा आउनु प¥यो् भने मरेकै जुनी हुन्छ । त्यसैले राष्ट्रिय भाउजुले पर्दा पछाडी बसेर होस् कि कम्बल ओढेर होस खाएको घिउको लेखाजोखा नराख्ने सहमति भा’छ रे । यतिमात्र कहाँ हो र ? अब उप्रान्त राष्ट्रिय भाउजुले जतिसुकै डकारे पनि सबैमा छुट छ रे । जेहोस सरकारमा बसेकाहरुले सरकार टिकाउने राम्रो जुत्ति फेला पारेछन् । नत्र
शरणार्थी प्रकरणमा पाटीको उमेद्वारी वितरणमा राष्ट्रिय भाउजुले ह्याप्स पारेको नखोज्ने सहमति किन गर्थे ? जतिसुकै डकारेपनि सुनपानी छर्किदियो लन्ठै साफ ।
सत्ताका लागि ह्वाङ्गै
एकपटक नांगिसकेकाहरुलाई पटक पटक नाँगिदा कुनै लज्जाबोध, लाज सरक हुँदैन भन्थे हो रै’छ । अब हेरम न अस्तिका दिन प्रदेश नं. १ मा नेपाली काँग्रेस, माउवादी केन्द्र, माकुनेको अराष्ट्रिय समूह पूरै नांगा भएछन् । तटस्थ र दलीय आचरणको भूमिकामा बस्नुपर्ने सभामुखको समेत टाउको गनेर सरकार गठनको संख्या पु¥याएछन् हतार हतार हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएछन् । उन्ले नि हतार हतार मुखमन्तरी बनाइदिएछन् । हतार हतार सपथ पनि खुवाइदिएछन् । पहिला मुख मन्तरीले सर्वाङ्ग नांगिएको प्रमाण सर्वोच्चमा ठेलिदिएछन् । विचरा गाँडबन्धनबाट मुखमन्तरी भएका झापाली थापालाई गरिखाना नदिने  भए । के के न गरमला भन्या थे होलान थापाले असत्तिहरुले सबै भताभुंग बनाइदिए ।
सत्य बोलेछन्
झालेमालेका नेता भीम रावलले अस्तिका दिन सत्य कुरा गरेछन् । हुन त रावल सधै सत्य कुरा नै गर्छन् । एक्लो वृहस्पति झुठो भनेझै सत्य बोल्ल्नेहरुको बजारमा भाउ नै हुँदैन । पर्धानमन्तरी अरुले बनाइदिने,  भ्रष्टाचारीको फाइलै अख्तियारबाट गायव हुने, नेता जति जनताको नाममा चेक भँजाएर धन्दा गर्ने भएसी सबै यतिबेला वाक्कदिक्क भा’छन् । यही मेसोमा तिन्ले अस्तिका दिन प्याक्क बोलिदिए राजा ज्ञानेन्द्र शाह सडकमा आए भने गणतन्त्र २४ घण्टा पनि टिक्दैन । क्या वात † सत्य बचन । राजाले सडकमा आउनै पर्दैन एउटा वक्तव्य निकालेर छोडिदिए भने दलका झोलेहरुको करङ गन्न जनता आफै सडकमा आउँछन् । झन राजै सडकमा आइदिए भने बातै खलास । त्यसपछि झोलेका ख्वामीहरु कहाँ पुग्लान् ?
बटम लाइन बनाएको छ रे
सत्तरी करोडे गोप्ले बास्कोटा पनि कहिलेकाँही उट्पट्याङ गफ गर्छन् । हुन त उनी उट्पट्याङ नै हुन् । यसमा कुनै शंका छैन । तर अस्तिका दिन तिनले जगै हँसाउने उट्पट्याङ गरे । बात के हो भने पर्धानमन्तरी प्रचण्डाउले आफूलाई दिल्लीले पर्धानमन्तरी बनाएको भनेर अभिव्यक्ति दिएस।ी झालेमाले, रास्वपाहरुले नयाँ तिकडम शुरु ग¥या छन् । पर्तिपक्ष हुन् गर्नुपर्छ । जबसम्म प्रचण्डाउले राजीनामा दिँदैनन् तबसम्म संसद चल्नै नदिने रे । हैन हो दिल्लीले बनाएको पर्धानमन्तरीले किन राजीनामा दिने ? यिन्ले के सोच्या छन् ? प्रचण्डाउका पछिल्तिर १० राजनैतिक दल छन् । जाबो एक दुई छिचिमिराले राजीनामा माग्दैमा दिने कुरा आउँछ ?
अन्त्येमा
धरानका केही बज्र स्वाँगठहरु यतिबेला वेÏवाँकको रोइलो गरिरा’ छन् । किन रोइलो ग¥या होलान् ? धरानका मेयर हर्क साम्पाङले श्रमदानबाट काम गर्दा ५० लाखको भात मासु ज्याला २७ लाख दिए भनेर रोइलो गरिरा’छन् । हैन तिनले रोइलो गरेको देख्दा घण्टाघरको कन्सिरी रन्केर आ’छ । दिए त दिए । आजकलको जमानामा पटुका कसेर कसैले काम गर्छन् ? काम गरेपछि खानु पनि प¥यो । फेरि श्रम गर्नेले मात्र काम ग¥या हुन र ? ज्यालादारी पनि गा’छन् । ज्यालादारी गरेर परिवार पाल्नेहरुलाई त व्यवस्था गर्नेै प¥यो । बाँँकी रहयो युटुव, फेसबुके, सेल्फीवाला त श्रम गर्नेै गा’थेनन् । आफा पनि नगर्ने अरुले गर्दा पनि देखि नसहने । योचाहिँ भएन है ।

तपाईको प्रतिक्रिया