धरान । अग्रसेन महाराजको स्मृतिमा धरानमा रहेको अग्रसेन भवन सञ्चालन समितिको आषाढ २३ गते शनिवार सम्पन्न साधारण सभाले समाजसेवी एवम् गीता भवन सञ्चालक समितिका अध्यक्ष समेत रहनु भएका काशी अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आगामी तीन बर्षे कार्यकाल रहने सञ्चालक समितिको उपाध्यक्षमा राजेश अग्रवाल (गोयल), ललित अग्रवाल कोषाध्यक्ष, सचिव राजेश अग्रवाल, सहसचिव सन्तोष अग्रवाल रहनु भएको छ ।

यसगरि सदस्यहरुमा निर्मल अग्रवाल, पवन अग्रवाल, किशन अग्रवाल, मनोज अग्रवाल, नरेश अग्रवाल, अनिल अग्रवाल, महेन्द्र अग्रवाल (जलान वाल), विमल अग्रवाल (जटेरिया), मोतिलाल अग्रवाल, पञ्कज अग्रवाल (रामपुरीया), सुमित अग्रवाल (देवी रामजी), पवन अग्रवाल (थालनीयावाला), मनोज अग्रवाल (गुगनिया), सुधिर अग्रवाल, प्रवीण अग्रवाल, अनिल अग्रवाल रहनु भएको छ । अग्रसेन भवनमा १८७ जना साधारण सदस्य रहनु भएको छ । साधारणसभाको समुद्घाटन भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजियाले गर्नुभएको थियो ।
