फुङलिङ (ताप्लेजुङ) । उत्तरी छिमेकी चीनसँग सीमा जोडिएको, भौगोलिक दृष्टिले अत्यन्तै विकट मानिएको ताप्लेजुङ जिल्लाको फक्तालुङ गाउँपालिका वडा नं. ६ लोवाडाँडामा नेपाल टेलिकमका 2G र 4G सेवा सञ्चालनका लागि टावर निर्माण सम्पन्न भएको छ । बर्षौदेखि भरपर्दो सञ्चार सेवाबाट बञ्चित रहँदै आएका लोवाडाँडासँगै अब ओलाङचुङगोला, धुन्सा लगायतका स्थानीयले नेपाल टेलिकमका 2G र 4G सेवा पाउने भएका छन् ।

टावर निर्माणका लागि फक्तालुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बु, उपाध्यक्ष रविन साम्रा लिम्बुसँगै अन्य जनप्रतिनिधि, स्थानीय बासिन्दाले नेपाल टेलिकमको क्षेत्रीय कार्यालय
विराटनगरलाई लिखित र मौखिक आग्रह गरेका थिए । सोही आग्रह अनुसार टेलिकमको क्षेत्रीय कार्यालयले टावर निर्माणका लागि उपयुक्त स्थानको सर्भे गरेको थियो । पहिले हिले डाँडामा टावर राख्न सर्भे गरिए पनि बाह«ै महिना प्रतिकूल मौसम देखिएपछि अन्तत ः लोवाडाँडामा टावर निर्माण गरिएको नेपाल टेलिकम क्षेत्रीय कार्यालयका निमित्त प्रमुख कर्ण श्रेष्ठले बताउनुभयो । लोवाडाँडाको मौसम समेत अनुकूल र सहज नभए पनि हिले डाँडाभन्दा उपयुक्त भएकोले लोवाडाँडामा टावर निर्माण गरिएको उहाँले बताउनुभयो । टावर निर्माणका लागि प्रतिकूल मौसमका बाबजुद फक्तालुङ गाउँपालिकाका जनप्रतिनिधि, पालिकामा कार्यरत कर्मचारीहरु, स्थानीयको जनश्रमदान र सहयोगबाट टावरका उपकरणहरु पाँच टन रोडहेड सेकुथाम छोङदीबाट ५ घण्टाको उकालो बाटो छिचोल्दै टावर निर्माण स्थल पु¥याइएको थियो । उनीहरुले ६७ केजीको चार थान ब्याट्रीसमेत निर्माण स्थलमा डोकोमा बोकेर पु¥याएका थिए । अन्तत ः नेपाल दुर सञ्चार कम्पनी क्षेत्रीय कार्यालय विराटनगरका प्रमुखको सल्लाह अनुसार लोवाडाँडामा टावर निर्माण सम्पन्न भएको छ । अब लोवाडाँडा र मुरिङलाडाँडाको टावरबाट एक साथ 2G र 4G सेवा सञ्चालन हुने भएको छ । यसका साथै भिस्यात प्रविधिमा रहेको ओलाङचुङगोला र घुन्साको टावरलाई समेत द्दन् र द्धन् मा परिणत गर्ने कार्य चाँडै सम्पन्न हुने भएको छ । भौगौलिक हिसाबले फक्तालुङ गाउँपालिका जिल्लाकै सबैभन्दा ठूलो र विकट गाउँपालिका हो । टावर निर्माणका सम्बन्धमा नेपाल टेलिकम क्षेत्रीय कार्यालय विराटगरका निमित्त प्रमुख कर्ण श्रेष्ठ भन्नुहुन्छ, टावर ओलाङचुङगोलाको लोवाडाँडामा निर्माण सम्पन्न भइसकेको छ । त्यहाँ सिडिएमए डिसमेन्टल गरेर 2G र 4G राख्ने हो । सिडिएमए प्रविधि अव संसारमा त्यति चल्दैन । यसका सेटहरु पनि अब नपाइने भएकोले सिडिएमए प्रविधि फेज आउट जस्तै भइसकेको छ । यो जिएमएसए जस्तो हुँदैन । त्यसैले हामीले पनि सिडिएमए प्रोजेक्ट ड्रपआउट गरिसकेका छौं । गत बर्षको साउनदेखि पूरै ड्रपआउट भइसक्नु पर्नेमा अझ पनि एक दुई ठाउँमा चल्दैछ । त्यसलाई पनि चाँडै सर्वडाउन गर्नुपर्ने हुन्छ । उता नेपाल टेलिकम क्षेत्रीय कार्यालय विराटनगरका बरिष्ठ इन्जिनियर शिवराम तुइतुई भन्नुहुन्छ लोवाडाँडामा टावर निर्माण भएसँगै अन्य प्राविधिक कामहरु अगाडि बढाएका छौं । अहिले टावरको काम सिद्धिएको छ अब पावर र सिस्टम (सर्भिस) को काम अगाडि बढेको छ । यो सबै काम सिद्धिएपछि काठमाण्डौस्थित वायरलेस सेवा निर्देशनालयबाट त्यहाँको लागि चाहिने आवश्यक उपकरण, प्राविधिकसँग परामर्श हुनेछ । निर्माण भएको टावरबाट एक साथ 2G र 4G सेवा सञ्चालन हुन्छ । 4G मा डेटा सर्भिस मात्र हुन्छ भ्वाईस सर्भिस नर्मल एमसेटले मात्र दिन्छ । 2G भएमा हरेक ग्राहकले भ्वाइस सर्भिस र डेटा सर्भिस दुबै पाउन सक्छन,् इन्जिनियर तुइतुईले भन्नुभयो । यदि कुनै ह्याण्ड सेटले भोल्टेज भ्वाइस ओभर एलटी सपोर्ट गर्छ भने मात्र भ्वाइस सर्भिस दिन्छ । सामान्य ग्राहकहरुको भोल्टेज सपोर्ट नगर्ने सेट भयो भने भ्वाइस सेवाका लागि 2G वा 3G चाहिने नै हुन्छ । तर त्यो विकट भौगोलिक ठाउँका लागि 3G त्यति राम्रो मानिदैन । लाङचुङगोला लोवाडाँडाका लागि 2G र 4G नै उपयुक्त हुन्छ । उहाँले भन्नुभयो स्थानीयहरुको आग्रह अनुसार हामीले वायरलेस सेवा निर्देशनालय काठमाण्डौमा पत्राचार ग¥यौं । यतिबेला टावर निर्माणको काम सम्पन्न भएर सोलार जडानको कार्य अगाडि बढेको छ । त्यस ठाउँमा विद्युत छैन जसका कारण सोलार नै एकमात्र विकल्प हो । हाल निर्माण भएको टावरको रेन्ज १५देखि२० किमी रहेको भन्दै इन्जिनियर तुइतुईले भन्नुभयो लोवाडाँडाको टावरले ओलाङचुङगोला, सीमावर्ती क्षेत्र टिप्तला भन्ज्याङसम्म भ्याउँछ । हाल ओलाङचुङगोला सम्म नेपाल टेलिकमले सर्भे गरिसकेको छ । यसको लिंकचाहिँ लोवाडाँडाबाटै दिने गरी हो । उहाँले भन्नुभयो गाविसले पनि यसका लागि केही रकम विनियोजन गरेको रहेछ । तर नेपाल टेलिकमले उहाँहरुबाट कुनै सहयोग नलिई ढुवानी र टावर सुरक्षाका लागि मात्र आग्रह गरेको पनि उहाँले बताउनुभयो ।
