तलब भत्ता नलिने घोषणा

धरान । धरान उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) ले अब उप्रान्त नगरपालिकाबाट कुनै प्रकारको तल भत्ता नलिने घोषणा गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी धरान उपमहानगर समितिको अध्यक्ष समेत रहनु भएका वडाध्यक्ष  भट्टराईले आइतबार त्यस्तो घोषणा गर्नुभएको हो । धरान उपमहानगरपालिकाले वडाध्यक्षलाई मासिक २५ हजार ७ सय तलब र एक हजार बैठक भत्तासँगै मासिक १० लिटर इन्धन उपलब्ध गराउदै आएको छ । वडामा दुई वटा वैठक र नगरमा एक वैठक हुँदै आएको थियो ।


धरान उपमहानरपालिकामा गत बर्ष निर्वाचित जनप्रतिनिधिहरुमा तलब, बैठक भत्ता र इन्धन नलिने घोषणा गर्ने पहिलो वडाध्यक्ष भट्टराई नै हुनुभएको छ । तपाईले पाउने तलब भत्ता आफूले नलिए पनि अन्य कुनै काममा लगाउन सकिन्थ्यो, किन त्यतिकै छाड्ने योजना बनाउनु भयो त भन्ने सवालमा अध्यक्ष भट्टराईले भन्नुभयो हाललाई मैले मेरो तलब भत्ता नगरपालिकाको आन्तरिक आयमा जम्मा हुने गरी नलिने घोषणा  गरेको हुँ । त्यो रकम कुनै असहाय, अपांग, बाल तथा बृद्धाश्रमहरुलाई पनि त उपलब्ध गराउन सकिन्थ्यो नि भन्ने सवालमा अध्यक्ष भट्टराईले भन्नुभयो त्यो गर्ने सोच बनाएकै थिएँ, सबैसँग सरसल्लाह पनि गरें । तर उक्त तलब भत्ताको रकम आफ्नो खातामा आएपछि मात्र अरुलाई चेक काटेर दिन सकिने देखियो । त्यस्तो अवस्थामा मैले तलब भत्ता नलिएको भन्ने देखिदैन ।

तपाईको प्रतिक्रिया