धरान । किरात राई यायोख्खा अन्तर्गत रहेर गीत, संगीत, कला, साहित्य, संस्कार संस्कृतिमार्फत किरात राईहरुलाई एकताबद्ध गर्दै आएको किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय समितिको धरानमा भएको तीनदिने अधिवेशन सम्पन्नपछि ६ बुँदे धरान घोषणापत्र जारी गरेको छ । तीन सम्म चलेको सम्मेलनपश्चाते घोषणापत्रको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्म्मेलनमा नव निर्वाचित कार्यसमितिकी सचिव सुखकला राईले छैठौ राष्टिूय सम्मेलनले तयार गरेको ६ बुँदे धरान घोषणापत्रका विषयमा जानकारी गराउनु भएको हो ।

जारी गरेको घोषणापत्रमा प्रदेश नं. १ लाई किरात प्रदेश नाम स्थापित गर्न विभिन्न प्रकारका साँस्कृतिक, राजनीतिक तथा रचनात्मक रुपमा आन्दोलनलाई पहिलो बुँदामा समेटेको छ । यस्तै किरात मौलिक गीत संगीत, जीवन व्यवहार पद्धतिको खोज अध्ययन र अनुसन्धान गरी दस्तावेजीकरण गर्ने, सामरिक महत्व राख्ने गढी, कोट ऐतिहासिक स्थल, साँस्कृतिक, मुन्धुमी संस्कारलाई विभिन्न माध्यमबाट संरक्षण, सम्बद्र्धन, संरक्षण, प्रवद्र्धन र अध्ययन अनुसन्धान गर्दै जाने, किराती सँस्कृतिलाई आत्मसात गदै सँस्कृतिलाई सुदृढिकरण गरी उन्नत सँस्कृति निर्माण गर्ने, किरात सँस्कृतिको क्षेत्रका काम गर्ने स्रस्टाहरुको खोज गरी बायोडाटा समेटिएको पुस्तक प्रकाशन गरी प्रोत्साहन गर्ने र किराँती सँस्कृति, मौलिक बाजा, भेषभुषासँग सम्बन्धित विज्ञबाट विभिन्न जिल्ला कार्यसमितिका अन्तरिक्रया, प्रशिक्षण सञ्चालन गर्ने कुरालाई घोषणापत्रमा प्राथमिकताका साथ राखिएको छ । सो अवसरमा बोल्दै किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय कार्यसमितिका नव निर्वाचित अध्यक्ष सालिक सताशक राईले अहिले उठेको पहिचानको आन्दोलनलाई प्राथमिकतामा राखेर कला, सँस्कृति, संगीत, गीत, साहित्यको मार्फत निरन्तर आन्दोलन घच्भच्याई रहने बताउनुभयो । उहाँले पहिचान,
किराती समुदायसँग सामरिक राख्ने गढी कोट जस्तो ऐतिहासिक स्थल, सँस्कृति र मुन्धमी संकारहरुलाई विभिन्न माध्यबाट सरक्षण, सम्बद्र्धन, प्रवद्र्धन र अध्ययन अनुसन्धान गर्दै जाने बताउनुभयो । उहाँले किरातहरुले राज्य गरेका गढी गौडाको संरक्षण गर्ने दायित्व राज्यको समेत भएकोले यसतर्फ राज्यलाई ध्यानाकर्षण गराउने पहिलो उद्देश्य रहेको बताउनुभयो । २०६३ सालमा स्थापना भएको यो संघले गठन भएयता कला, सँस्कृति, गीत संगीतका माध्यमबाट देश तथा विदेशमा रहेका राईहरुलाई एकताबद्ध गर्ने काम गर्दै आएको छ । जेष्ठ १३ देखि १५ गतेसम्म चलेको अधिवेशनबाट शालिक सताशक राईको अध्यक्षतामा १३ सदस्य नयाँ कार्य समिति समेत चयन गरिएको छ । छैठौ राष्टिूय सम्मेलनको उद्घाटन किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष जीवन हताचो राईले गर्नुभएको थियो ।
