धरान । नीजि विद्यालय र व्यापारीहरुको मिलिभगतमा अभिभावकलाई तोकिएकै स्थानमा स्कुल डे«स, झोला लगायतका सामाग्री खरिद गर्न बाध्य बनाइँदा विद्यालय र व्यापारीकोबीचको कमिशन खेलले दुवैलाई फाइदा भएपनि अभिभावकहरुको भने मारमा पर्र्ने गरेका छन् । धरानमा यस्तै प्रकारको घट्ना भएको छ । धरान ७ का ओम कटुवालले धरान ९ मा रहेका विष्णु मेमोरियल बोर्डिङ स्कूलमा अध्ययनरत आफ्ना नानीका लागि विद्यालयल तोकिएको पसल धरान ९ मा बालाजीबाट खरिद गरेर लगेको व्याग कमसल भएकै कारण पटक पटक गरेर चार पटक खरिद गरेपछि उहाँले विद्यालय र व्यापारीसँग गएर समस्या राख्नुभयो ।

१ हजार ६ सय पर्ने सो व्याग गुणस्तरीय नभएकै कारण आफूले चारपटक व्याग सोही मूल्यमा खरिद गरेको गुनासो सबैसँग राख्नुभयोे । आइतबार विष्णु स्कुलका प्रतिनिधि, नगरपालिकाका प्रशासन महाशाखाका प्रमुख, सञ्चारकर्मी समक्ष उनले आफूले भोगेको समस्या राख्नुभएको होे । छलफलपछि उहाँलाई चारवुदे सहमति गरेर अब आइन्दा त्यस्तो नगर्ने शर्तमा एकपटकलाई माफी दिने लिखित प्रतिबद्धता गर्ने निष्कर्ष निकालेका थिए । विद्यालयका कोर्डिनेटर शम्भु रेग्मी, धरान उपमहानगरपालिका प्रशासन महाशाखाका अधिकृत बेदप्रसाद सापकोटा, बालाजीका सञ्चालक आनन्द अग्रवालका उपस्थितिमा भएको छलफलपछि पुरानो ब्याक बेच्न नपाइने, एक बर्षभित्रमा किनेको व्याग च्यातिए थप मूल्य नतिरी व्याग दिने, स्कुलमा चाहिने व्याक तथा डूेसको गुणस्तरीयताको चेक गर्ने, बजार मूल्य भन्दा बढी मूल्यमा स्कुल डे«स, व्याग लगायतका सामान विक्री नगर्ने सहमति गर्ने आश्वासन दिएर पीडित कटुवाललाई थम्थम्याउने प्रयास गरिएको थियो । छलफलका क्रममा बालाजुका सञ्चालक अग्रवालले आफूबाट गल्ति भएको र अब आइन्दा गल्ति नगर्ने, पुराना व्यागहरुलाई अहिलेदेखि नै बेच्न बन्द गर्ने भन्दै गल्ति स्वीकारेका थिए । विद्यालय र फर्मको सिधै कमिशनको खेल हुने गरे पनि विष्णुका कोर्डिनेर रेग्मीले भने यसले विद्यालयको इज्जतमाथि दाग लाग्ने भन्दै विद्यालयलाई चोखो बनाउने कोशिश भरपुर गरेका थिए । नीजि विद्यालय र व्यापारिक फर्मबीच अभिभावकलाई तोकिएकै ठाउँमा शैक्षिक सामाग्री खरिद गरेर कमिशन खाने गरेको भएपनि स्थानीय सरकारले निगरानी राखेको पाइदैन । धरान उपमहानगरपालिकाका प्रशासन महाशाखाका अधिकृत वेदप्रसाद सापकोटाले विष्णु स्कुलको बारेमा अभिभावकले बारम्बार कम्प्लेन गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘यो एउटा संगठति भ्रष्टाचार नै हो, विष्णुको विषयमा बारम्बार यस्ता कुरा आइरहेका छन्, यो नौलो भने होइन ।’
शिक्षाको सम्पूर्ण जिम्मा धरान उपमहानगरपालिका अन्तर्गतको शिक्षा महाशाखाले हेर्ने गर्छ । स्थानीय सरकारलाई यत्रो अधिकार प्रदान गर्दा पनि खुलेआम यसरी संगठित रुपमा भ्रष्टाचार हुँदा पनि कारबाही भएको पाइदैन । कटुवाल त बोल्न सक्ने भएर आएको घट्नाको एउटा प्रतिनिधिपात्र मात्र हुन् यस्ता धेरै अभिभावक छन् जो त्रासकै कारण खुलेर बोल्न सक्दैनन् । सहमति गर्ने तर कार्यान्वयन नहुने भएकोले पीडित कटुवालले धरान उपमहानगरपालिकाको सम्बन्धित निकायमा उजुरी दिने तयारीमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिलेको अवस्थामा विद्यालयबाट अभिभावक हरेक किसिमले पीडित छन्, यस्ता कार्यलाई रोक्न जरुरी छ, म उजुरी हाल्ने तयारीमा छु । ’
