डा खालिद हुसैन हक । पेशाले चिकित्सककर्मी भए पनि राजनीति र समाजसेवालाई एक साथ अगाडि बढाउन सफल व्यक्तित्व । नेपालका बरिष्ठ प्रशासक तथा पूर्व अञ्चलाधीश आफ्ना पिताको नाममा स्थापना गर्नुभएको जियाउल हक मेमोरियल च्यारिटी ट्रष्टको अध्यक्ष रही विद्यालय भवनहरुको निर्माण, विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा विद्यालय पोसाक वितरण, असहाय अशक्तहरुका लागि ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आउनु भएका डा. हुसैन मुटुरोग कल्यण मञ्च धरानका अध्यक्ष, नेपाल बंगलादेश फ्रेन्डसीप सोसाइटी इन इस्टर्न नेपालका अध्यक्ष र सुनसरी स्वास्थ्यकर्मी संगठनको सचिव समेत रहनु भएको छ ।

सामाजिक र राजनीति एक अर्काका परिपुरक हुन भन्नुहुने डा. खालिद हुसुैन हक राजनीतिमा समेत त्यत्तिकै सक्रिय रहनु भएको छ । विगतमा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य समेत रही सक्नु भएका डा. हुुसैन हाल मुलधारको राजनैतिक पार्टी एमालेमा आवद्ध रहनु भएको छ । केही समय अगाडि उहाँ एमाले प्रवेश गर्नु भए पनि उहाँलाई पार्टीले पदीय जिम्मेवारी सुम्पिइसकेको छैन । चाँडै नै जिम्मेवारी सुम्पिने एमाले सुनसरी वृत्तमा चर्चा छ । बोलीमा भन्दा पनि काममा विश्वास गर्नुहुने डा. हुसैनलाई लामो समय पश्चात आफ्ना विचार राख्न हामीले आग्रह गरेपछि उहाँले थोरै आनाकानी गरेपनि इन्कार भने गर्न सक्नु भएन । यसपटक हामीले सामाजिक अभियन्ता तथा राजनीतिककर्मी डा. हुसैनसँग मुलुकको वर्तमान राजनैतिक अवस्था, आर्थिक मन्दी, आम नागरिकको अस्तब्यस्त दैनिकीका सम्बन्धमा केन्द्रित रहेर वार्ता गरेका छौं । प्रस्तुत छन् डा. हुसनैसँग गरेको वार्ताका सम्पादित अंशहरु :
डा. साहव आरमै हुनुहुन्छ ?
–ठीकै छ । सञ्चै छ ।
के गर्दै हुनुुहुन्छ ?
–वर्तमान अवस्थाका क्लिनिकमै केन्द्रित छुृ । एउटा मातृ भाषा शिक्षाका लागि मुस्लिम समुदायको भवन निर्माण गर्दैछु । राजनीतक रुपमा गाउँतिर यसो भेटघाटमा जाने आउने गरिरहेको छु ।
तपाईलाई समाजले चिन्दा एउटा राजनीतिककर्मी भनेर चिन्ने कि समाजसेवी भनेर चिन्ने ? तपाई आफूलाई समाजले के भनेर चिनोस् भन्ने चाहनुहुन्छ ?
–म आफूलाई प्राइमरिल्ली एउटा सामाजिक क्षेत्रमा समाजसेवामा चिनाउने र त्यो समाजसेवाको लक्ष्यलाई अझ माथि लिएर जाने र त्यो समाजसेवाको कार्यक्षेत्रलाई विस्तारित रुपमा राष्ट्रभरि नै फैल्याउने गरी राजनैतिक क्षेत्रमा प्रवेश गरी राजनीतिक सफलतालाई त्यस सामाजिक क्षेत्रलाई अगाडि बढाउन राजनीतिमा प्रवेश गरेको व्यक्तिको रुपमा बुझिदिँदा हुन्छ ।
राजनीति त यतिबेला दुर्घन्धित भएको छ । यसलाई तपाईले कसरी हेर्नु भएको छ ?
–त्यो ठीक हो । राजनीतिक क्षेत्रमा पसेका गलत मान्छे कारण यस्तो अवस्था सिर्जना भएको हो । तपाईले एउटा चुच्चो कलम हातमा लिनु भएको छ । त्यो ले्रख्नलाई प्रयोग गर्ने हो । तर त्यो कलमले कसैलाई शरीरमा घोचिदिनु भयो भने दोष कलमको होइन । दोष जसको हातमा कलम गयो त्यसको हो । राजनीति भनेपछि आजको दिनमा एउटा विडम्बना जस्तै भएको छ । राजनीति भनेको समाजसेवा र सेवा गर्ने मान्छे यसमा प्रवेश गर्नुपर्ने हो । सेवाको उच्चतम् स्थान प्राप्त गर्ने राजनीतिबाट हो । देश, विदेश, साह«ा संसारमा राम्रो काम गर्न राजनीतिमा जानुपर्छ ।
राजनीति र समाजसेवा एकै साथ जानुपर्ने हो ?
– हो ।
तर किन सँगै गइरहेको छैन ?
–राजनीति सेवाका लागि गर्नुपर्ने हो । राजनीतिमा तिनै मानिस सक्रिय हुनुपर्छ जो सेवाको उद्देश्यले गएका हुन्छन् । तर के भइदियो के भने हामीले बनाएको सिस्टमबाट हामी नै वा राजनीति गर्नेहरु परिवन्दमा फसिरहेका छन् । दुर्गन्धित भएको कारण भ्रष्टाचारले हो, अनैतिक कामले हो । तर त्यसको कारण के हो त्यो हेर्नुपर्छ । जस्तै विगतको निर्वाचनमा म आफू सुनसरी क्षेत्र नं. ४ बाट चुनाव लडे । २०४० सालमा धरान अस्पतालमा मेडिकल अधिकृतको रुपमा काम गरे । ४० बर्षको दौरानमा हस्पिटलमा काम गर्दा, सामाजिक सेवा गर्दा जस्तै पिछडिएका वर्गमा मान्छेको शिक्षा दिक्षामा.मद्धत गर्नुपर्ने, पढाइ लेखाइमा सहयोग गर्ने, स्वास्थ्य शिविरमा काम गर्दै आएकोे क्षेत्र हो ४ नं. । तर आज त्यहाँको वातावरण यस्तो भइसकेको रहेछ कि त्यहाँ दुर्गन्धित वातावरण भएको रहेछ । त्यहाँका अधिकत्तम मानिस पैसाबाट प्रभावित भएर मतदान गर्दा रहेछन् । त्यहँँ मान्छेको जतिसुकै राम्रो पर्सनालिटी भए पनि अहिलेसम्म तिनीहरुमा चेतनाको स्तर नै पुगेको छैन । त्यहाँ दुई वटा कुराले प्रभावित गरेको छ । एउटा पाटी एउटा पैसा । पार्टी उनीहरुलाई एउटा चाहिन्छ । म स्वतन्त्र उमेद्वार थिएँ । त्यसबेला समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तपाई तयारी गर्नुस् भन्नुभयो । मुस्लिम समुदाय र यादव समुदायबाट तपाईलाई राम्रो् मत आउँछ । तपाई सामाजिक मान्छे हो भन्नु ुभएको् थियो । तर टिकट दिने बेलामा उहाँको काँग्रेससँग गठबन्धन र रातारात गठबनधन भएर एमालेसँग पनि गठबन्धन भयो । एमालेसँग गठबन्धन हुँदा मेरो बारेमा सशक्त रुपमा अडान लिनै सक्नु भएन । त्यो कारण के हो त्यो उहाँलाई नै थाहा होला । जेहोस् मलाई त्यसो गरेपछि दुःख लाग्यो । डेढ, दुई बर्षदे्खि तयार गर्दे आएको थिएँ । सबै पार्टीका साथीहरुले पनि सल्लाह दिनुभयो तपार्य स्वतन्त्र उठ्नुस् । काठमाण्डौमा बालेन साह र धरानका हर्क साम्पाङले जितेको उदाहरण दिनुभयो । पार्टी र पैसाले बिगा¥यो । त्यहाँका जनतालाई एउटा पार्टीको आवरण चाहियो । आवरण किन चाहियो भने अधिकत्तम मानिस अशिक्षित भएर प्रायः जसो मानिस कुनै न कुनै थिचोमिचोमा परेका रहेछन् । कसैको जमिनको झगडा, कसैलाई बलात्कारको केस लागेको छ । त्यसमा बोलिदिने हुनु्प¥यो । अदालत, सिडियो, एसपी कार्यालयमा दौडिएका हुन्छन् । नेताहरुचाहिँ पञ्चायती भन्दा रहेछन् । दुवै पक्षका मानिस बस्दा रहेछन् । झगडा मिलाउनेले दुवैबाट पैसा खाएर झगडा मिलाउँदा रहेछन् ।

यसैको लागि पार्टीको आवरण चाहिदो रहेछ ?
–हो । काँग्रेसले झगडा ग¥यो भने एमालेले गएर लडाइ गरिदिँदो रहेछ । एमालेले ग¥यो भने काँग्रेसले झगडा गरिदिँदो रहेछ । अनि सानोतिनजो पार्टीको त्यहाँ कुनै कामै छैन । त्यसले त्यहाँ मानिसलाई एउटा पार्टी चाहिदो रहेछ । अर्को चुनावको बेलदा पैसा चाहिदो रहेछ । जनचेतनाको त्यहाँ विकास भएको छैन । हामीले बुझेका थियौ काठमाण्डौका बालेन र धरानका हर्कको जस्ता मतदाता त्यहाँ छैन । पहाडी समुदाय र मधेशी समुदायमा फरक छ । मधेशी समुदाय धेरै पछाडि छ । धरानमा मानिसहरु बौद्धिक स्तरका छन्, सम्पन्न छन् । सम्पन्न नभए पनि जनस्तरमा कमजोर छैनन् । सुनसरी क्षेत्र नं. ४ को माहोल नै अर्कै छ । चुनावसम्म आइपुग्दा पैसा मात्र माग्दछन् ।
अब यो खालको राजनीतिलाई फिल्टर गर्न के गर्नु पर्छ त ?
–अहिले सबैलाई थाहा छ नेपालीलाई अनागरिक बनाई भुटानी शरणार्थी बनाई जसरी असुली गरियो निर्वाचनमा पैसा बाँड्नु पनि त्यसैको एउटा परिमार्जित अंश हो । त्यही वातावरणकै निरन्तता हो । हामी हेर्छौ त्यो ठूलो ओहदामा भएको, ठूलो पार्टीको मान्छेले यस किसिमको संगठित तरिकाले नियोजित ढंगले भ्रष्टाचार ग¥यो, त्यसलाई सजाय दिनुपर्छ, उम्किन दिनु हुँदैन भन्ने कुरा फैसन जस्तै भएको छ । काठमाण्डौको माइतीघर मण्डलामा गएर बोल्या वा कुनै पार्कमा गएर बोल्यो बस । अहिले प्राय ः सबैको त्यही काम भएको छ । खाना खायो त्यहाँ गएर भाषण दियो, फोटो खिचायो सिद्धियो । पहिलादेखि नै यस्तो कुरा उठाउनु पथ्र्यो, अध्ययन गर्नुपथ्र्यो । तर यसको भित्री गहन कुरा अर्कै छ । यो स्थितिको सिर्जना किन भयो । डाक्टरले एउटा रोगको सम्बन्धमा क्लियर गरेपछि औषधि दिन्छौं । फिल्टर गर्न टाउको किन दुख्यो त्यो हेर्ने हो । भ्रष्टाचार किन भयो भन्ने कुरा निक्यौल गर्नुपर्छ । यसमा दुईवटा पक्ष छ । एउटा पक्ष नेपालमा नेपाली भएर पनि ५० लाख देखि करोडै रुपैयाँ दिएर अमेरिका जान खोज्दै छ । ऊ अमेरिका किन जान खोज्दै छ ? गरिब गुरुवाको छोरो त होइन ऊ ५० लाख दिएर जान खोज्ने । देशमा एएटा यस्तो स्थ्तिि आएको छ कि ५० लाख भएर पनि केही गर्न सक्ने अवस्थता छैन ।
तपाईलाई मैले बीचैमा रोके । नक्कली शरणार्थीहरुमा तिब्बतीयन शरणार्थीहरु पनि छन् भन्ने कुरा आएको छ यसमा कतिको सत्यता छ ?
–त्यो सुनियोजित कुरा पनि हुन सक्छ ८७५ जनाको जुन नाम आएको छ त्यसको आवरणमा केही मानिस गएका छन् । त्यो झनै ठूलो अपराध हो ।
यसले मुलुकको प्रतिष्ठामा कस्तो प्रभाव पारेको छ ?
–यसले मुलुकको प्रतिष्ठामा आँच आएको छ । हाम्रो कन्सर्न जुन छ हामी नेपाल र नेपालीको हैयितसले बुद्धिजीविको हैसियतले प्राइमरी कन्र्सन नेपालीहरु हो । स्थिति कतिसम्म भयावह भएको देखिन्छ भने ५० लाख हातमा भएको मान्छेले देशमा केही गर्न सक्ने अवस्था भएन । नागरिकको मानसिकता र नेताहरुको मानसिकता उस्तै भएको छ । यो गम्भीर विषय हो । अर्को कुरा पार्सियल्ीि त्यो मान्छे पनि दोषी छ जसले पैसा दिएर जान खोजेको छ । उसलाई थाहा छ म भुटानी शरणार्थी भएर जाँदैछु । त्यसैले त्यो पक्षलाई पनि हेनुपर्छ । अर्को कुरा नेताहरु किन यस्तो काम गरिरहेका छन् त ? हाम्रो सिस्टम नै गलत भएर हो । हामीले बनाएको चुनावी सिस्टम, सविधान हामीले आफैले बनायौ भन्यो तर बनाएका हैनौं । ६ सय जना सभासद मिलेर एउटा सर्वमान्य संविधान बनाउने भन्ने थियो । पहिलो सविधानसभाको चुनाव पछि यही भावना अनुरुप भएको थियो । तर पहिलो सधिानसभा भंग गरी दोस्रो सविधानसभबाट सविधान बनायो त्यो अधिकत्तम फास्टट्रयाकबाट गर्दा ८÷९ जना व्यक्तिले बसेर जे जे बनाए र त्यसलाई हुन्छ भनेर ताली पिटेर पास गराए । त्यसैको दुर्घटना आज निम्तिएको छ । जति जना समावेशी समानुपातिकको सिद्धान्तमा गएका थिए सबै नातेदार, पैसा खुवाएर, पु¥याइएको छ । त्यो गलत हो । अर्का कुरा प्रत्यक्ष निर्वाचन प्रणालीमा सरासर पैसाको खेल र भाउको खेलले गर्दा आज यस प्रकारको स्थिति निम्तिाएको हो । अब सबै दल मिलेर मुलुकलाई बचाउने हो भने यो संविधानलाई पुनरावलोकन गर्नुपर्छ ।
अहिले अवस्था होइन व्यवस्था परिवर्तनको कुरा पनि उठेको छ हैन ?
–अवस्था त्यसबेला परिवर्तन हुन्छ जब टोटल सिस्टम परिवर्तन नगरी जहाँ जहाँ जहाँ कमीकमजोरी छन् त्यसलाइ परिवर्तन गर्न गम्भीर छलफलको आवश्यकता छ । हामीले इन्डियामा जे जस्तो संविधान बनेको छ त्यसलाई कपी गरेर राखिएको छ । हामीले प्रत्यक्ष राष्ट्रपति वा कार्यकारी प्रमुखमा जानुपर्छ । त्यसो हुँदा त्यो् पाँच बर्षकोलागि हुन्छ । यसो हुँदा विदेशी चलखेल बन्द हुन्छ । निर्वाचन प्रणाली हामीले जुन बनाएका छौ त्यो जम्मै समानुपातिक निर्वाचन प्रणालीबाट जानुपर्छ । पार्टीलाई भोट दिने मान्छेले व्यक्तिलाई नदिने हुनुपर्छ । यसको भएमा व्यक्तिवाला सिस्टम पूर्ण समानुपातिक प्रणालीमा गएपछि पैसाको चलखेल बन्द हुन्छ । आज भ्रष्टाचार किन भइरहेको छ भने त्यही पैसा जम्मा भइरहेको छ । पहिला टिकटका लागि पैसा दिन्छ, मन्त्री बन्नका लागि पैसा दिन्छ । फेरि अर्का चुनावका लागि भ्रष्टाचार गरेर पैसा जम्मा गर्छ । त्यसैले हामी परिवर्तन गदैनौ यस्तो दुष्चक्रमबाट उम्किनै सक्दैनौं । आज हाम्रो देशका कैयौ पोष्ट अनावश्यक छन् । जस्तै उपराष्ट्रपति के को लागि चाहियो ? भारतमा उपराष्ट्रपति छ भनेर हामीले राखेका हौं ? डिटो कार्वन कपी गर्न राखेका हौ ? उप सभामुख किन चाहियो ? सभामुख छँदै छ । कही गइहालेमा पार्लियामेन्ट चल्दैन ? जेष्ठ नागरिकले चलाउँदा हुन्छ ।
त्यो सँगै उसको कार्यकाल समाप्तीपछि राज्यले उसलाई पाल्न सधै पर्ने ?
–त्यही त गलत हो । हाम्रो देशले कतिसम्म धान्छ, कहाँ कहाँ के छ भनेर हेरेर गर्ने होइन । त्यसैले स्थानीय निकायमा उपमेयर किन चाहियो ? झगडा गर्न ? मेयरलाई कुनै कारणले कही जानुपर्ने भयो भने वडाध्यक्ष मध्येको एकजनालाई केहीदिनका लािग अधिकार दिए भैहाल्यो । यस्ता सबै फजुल खर्च कटाउनुपर्छ ।
प्रदेश खारेजीको कुरा पनि उठेको छ नि ?
–प्रदेशमा पनि त्यस्ता फजुल खर्चका कुरा काट्नुपर्छ । प्रदेश खारेजी भन्दा पनि हाल हामी सघीयता भनेर जुन तरिकाले गयौ यो संघीयता नै होइन । मदन परियारले जुन प्रतिवेदन दिनु भएको थियो जसलाई डस्बिनमा फालियो । त्यसमा साार्य र पहिचानको आधारमा संघीयता बनाउने भन्ने थियो । आज न सामथ्र्य न पहिचानको आधार भयो । अहिलेको संभघीयता जुन हामीले बनाएका छौं योत प्रशासनिक इकाइहरु मात्र हो । यो संघीयता हुँदै होइन । यसको बारेमा थप कुरा ग¥यो भने विवाद हुन्छ । संघीयतामा जाने हो भने यसको स्वरुप र कार्यशैलीका बारेमा बहस गर्न जरुरी छ । हामी यहाँसम्म पुगिसकेका छौं । एकपटक खारेजीमा जान मिल्दैन तर स्वरुप परिवर्तन गर्न जरुरी छ । अहिलेको र्पािर्लयामेन्ट जुन बनाइएको छ त्यसको आवश्यकता छैन । त्यसको ठाउँमा विज्ञहरुको एउटा समूह राखौ । २५–३० जना विज्ञ सेलेक्सन गरौ हरेक क्षेत्रबाट । त्यसमध्येबाट १५ जनालाई कार्यवाहक दिउँ या मन्त्री बनाऔं । स्वास्थ्य, उद्योग, शिक्षा….को एक एक÷एक जना हुन्छन् । दश जना सल्लाहकारमा रहन्छन् । त्यसले काम गर्छ । पार्लियामेन्टको काम छैन डिजल्ब गर्नुपर्छ । पहिला एकजना अञ्चलाधीशले चलाएको होइन ? त्यसबेला देश राम्रो चलेको थियो । अहिले स्टेट बनाएको छ तर एउटा सिडिओलाई सरुवा गर्नै अधिकार हुदैन ।
भुटानी नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाही हुन्छ होला ?
–मलाईचाहिँ विश्वास छैन ।
अध्यादेश ल्याएर हाल मुछिएकालाई चोख्उयान पनि सक्छन् हैन ?
–त्यति सम्म त नगर्लान् । पूर्ण कारबही होला भन्ने मलाई विश्वास छैन । अहिले यो प्रकरण स्थानीय स्तरमा पुगिसकेको छ । भित्रभित्रै जन आक्रोसको आगो बल्न थालेको छ । अहिले दुर्गा प्रसाई, पूर्व राजा ठाउँ ठाउँमा बोल्दै हिँड्नु भएको छ । रास्वपा स्ट्रङ भएर उदाएको छ । राप्रपाले आफ्नो नीतिमा व्यापक परिवर्तन गरेको छ् । यिनीहरु लोकप्रिय बन्दै गएको छ । राप्रपाले विद्यार्थी, कर्मचारीको राजनैतिक संगठन नबनाउने निर्णय गरेका छन् । यो राम्रो पक्ष हो । संगठनका कारण जनताको कामै हुँदैन । विद्यार्थीको काम पढाई छोडेर अरु काममा व्यस्त भएका छन् । संगठनहरु भएनन् भने स्मुथली हरेकका आफ्ना दैनिकी अगाडि बढ्छन् ।
