घण्टाघरबाट हेर्दा

दाज्यैहरु तनावमा
आरजु भाउजु र मञ्जु भाउजुका कारण भुत्ला कृष्णे र ¥यालबहादुर यति बेला वहुँत तनावमा प¥या छन् । पहिला शिरमा चढाएर मत्याउनु मत्याए, अहिले आएर खप्पराँ हात राखेर क्यार्नु ? ती दुईवटी भाउजुको राइदाई सानो थिएन । दाइहरुको नामबाट तिनले राजनीतिक व्यापार राम्रो ग¥या थिए । राजनैतिक व्यापार पनि दिन दुगुना रात चौगुना चल्या थियो । पछिल्लो पटक भाउजुहरुले रिटेल व्यापार छोडेर होलसेलमा हात हाले । ग्लामकि ग्लाम करोडौको आम्दानी नि हुँदै गयो । एकपटक करोडौमा खेल्न थालेसी’ असत्ति जोरीपारिको आँखा नलाग्ने कुरै भएन । भुत्ला कृष्णेलाई प्रहरीले अँठ्याएर लेर गएसी मञ्जु भाउजु बेपत्ता भा’छिन् । अर्की आरजु भाउजु भागेर वीरगञ्ज सम्म पुगिन तर केही गरि नचलेसी हनुमानथानतिरै फर्किछन् । विचरीको अनुहारमा बाह्र बज्या छ तर नि खिस्रिक्क हाँसेर निर्दोष भएको नाटक गर्दैछिन् । विचरा र्यालबहादुरलाई कम्ता आपत्त आइलाग्या छैन ।


राणाले काँग्रेस अन्ते गर्ने भए
कहिले सासुको पालो कहिले बुहारीको पालो त्यसै भन्या होइन रै’छ । अब हेरम न २००७ सालमा काँग्रेसले राणा शासन अन्ते ग¥या थियो रे । यतिका बर्ष पछि अब  राणाले काँग्रेस अन्ते गर्ने निश्चित देखिएको छ । माने कुरा स्पष्ट छ, काँग्रेसलाई विस्तारै विस्तारै सिध्याउने काममा ¥यालबहादुरकी जोई जु राणा हात धुएर लाग्या छिन् । जब जब ¥यालबहादुर सत्ता र शक्तिमा पुग्छन् तव तव जु राणा सल्बलाउन थालिहाल्छिन् । यो फोविया नै हो । यतिबेला जु भाउजुकै कारण  इमान्दार, जुझारु काँग्रेसका युवा नेताहरु पलायन हुन थाल्या छन् । देवर बाबुहरु पनि जु भाउजुका कारण आजित भा’छन् , सरक्क पन्छने साइत हेर्दै छन् रे ।
भ्रष्टाचार निर्मुल गर्न….
बुद्धिमा कीरा परेपछि सबै कुरा सिद्धिदो रै’ छ । बीपी हरेक काँग्रेसका लागि आदर्श हुन् । उनैका पदचाप पछ्याएर काँग्रेसहरु हिड्छन् । आज तिनै बप्ीिका पुत्रले सबै काँग्रेसको शिर निहुरिने गफ हाँन्देका छन् । अस्तिका दिन उन्ले भन्या भ्रष्टाचार निर्मल गर्न सकिदैन । भ्रष्टाचार धेरै नगरौ । गरेपनि अलि कम गरौ रे । यस्ता गोजे बीपीको पुत्र हुनै सक्दैनन् । भ्रष्टाचार निर्मुुल गर्न भ्रष्टाचारीलाई फाँसीमा झुण्ड्याऔं, भ्रष्टाचार धेरै नगरौ, भ्रष्टाचार कम गरौ रे । के भत्या होला सांसाक दा’ले । एकातिर दाई भाउजुहरुको प्रहसन चलिराख्या छ भने अर्कातिर बीपीका पुत्रको यो कहावत ?
सबै सांसद नांगा
स्वतन्त्रबाट अत्याधिक मत ल्याएर संघीय सांसद भा’का डा. अमरेशकुमार सिंहले अस्तिका दिन सबै सांसदलाई एकैसाथ नङ्ग्याइ दिएका छन् । भ्रष्टाचारका विरुद्धमा बोल्न समय नै नपाएसी’ अमेरेश कुमारले संसदमा आफ्ना गुप्ताङ्ग छोपेको बाहेक सबै लुगा खोलेर विरोध जनाइ दिएछन् । अमरेशले लुगा खोलेर अमरेश मात्र नांगिए भन्ने सोचका सांसदहरु झन सर्वाङ्गैै नाँगिए । नांगा सांसदलाई के को लाज ? लाज पचाएर नागिने त  हो । जे होस् अमरेश कुमार संहलार्ई घण्टाघरचाहिँ साधुवाद दिन्छ ।
जहाँ भेट्यो त्यही बजाउलान्….
एक बर्ष अगाडि श्रीलंकामा नेताहरुले कम्ता चुटाई खाएनन् । घरमा पनि चुटाइ खाए, बाटामा पनि चुटाइ खाए । चुटाइ खाने डरले कैयौ श्रीलंकाका नेताहरु रातारात अर्को देशतिर कुले ठोके । कुले ठोक्न नसक्नेहरु वाम चुटाई खाएर बसे । नेताहरुले कुटाई खानुको मुख्य कारण चाहिँ भ्रष्टाचार नै थियो । भ्रष्ट नेताहरुले श्रीलंका बर्बाद बनाइदिए । नेपालाँ यतिबेला त्यस्तै भा’छ । श्रीमानहरु राजनीति गर्ने, श्रीमति र छोराहरु धन्दा गर्ने भएसी’ अब नेपालीको धैर्यताको बाँध फुट्ने अवस्थामा पुग्या छ । बाँध फुट्या दिन श्रीलंकामा झै नेपालका नेताहरुले पनि हनुमान धुलाई भेट्छन् । अब नेपालीले निर्णय गर्नुपर्नै भा’छ  राष्ट्रघाती जनतामारालाई फाल्ने कि पाल्ने ?
दे छन् दनक
ओह्रालो लाग्या मृगलाई सबैले लखेट्छ भन्थे हो रै’छ । अब हेरौ न अस्तिका दिन पूर्व सचिव भीम उपाध्यायले दलका भ्रष्ट नेताहरुलाई दह«ै दनक दरिएछन् हुन त दनक दिने मालामा भीम पहिलादेखि नै भीम जस्तै थिए । अस्तिका दिन तिन्ले भन्या नेपालका नेताहरु अब विदेशमा केही बेच्ने कुरा नभएसी’ मान्छे बेच्न थाल्या हुन रे । नेपालीको निधारमा भुटानी शरणार्थीको ट्याग हान्देर करोडौ आर्जन गरेछन् । गोरखकाली कागज, रवड उद्योग, वीरगञ्ज चिनी कारखाना, ट्रली बस, हेटौडा कपडा उद्योग, हिमाल सिमेन्ट उद्योग, बुटवल धागो उद्योग कारखाना, रघुपति जुट मिल सबै सिध्याएसी’ मान्छे नबेचेर विचराहरुले के चाहिँ बेचुन त ?
कागजै चपाइ दिएछन्
पूर्व गृहे मन्त्री आच्या भुत्ला कृष्णे खाँड त बडो खत्रा मान्छे रै’छन ।  र्यालबहादुरले त्यसै पत्याएका त हैन रै’छन् । त्यही पत्याएरै भुत्ला कृष्णेलाई गृहेमन्त्री बनाइद्या रै’छन् । अब हेरम न सक्कली नेपालीलाई नक्कली भुटानी बनाएर अम्रिका सप्लाई गर्नु सामान्य कुरा हुँदै होइन । तर उनको यो खुशीलाई प्रहरीले किन मान्थ्यो ? रातारात घरको ढोका फोडेर अँठ्यायो । भुत्ला कृष्णेको घर खानतलासी गर्दा प्रहरीले एउटा कागज समेत फेला पारेछ । भुत्ला कृष्णेले हतार हतार प्रहरीको हातबाट कागज खोसेर बदाम चपाएझै कागज तपाई घुटुक्कै निलेछन् । नक्कली भुटानीबाट क–कस्ले माल खाएका थिए त्यसको बेली विस्तार थियो रे कागजमा ,। जेहोस कागज चपाएर अरु के  धेरै दोषीलाई निर्दोष बनाइ  दिएछन् । क्या वात †
अन्तेमा
प्रहरीको आँखा छलेर धाइफल ठोकेका टोपेजीलाई झ¥याप्प पारेसी’ मदन राई पनि यतिबाट पक्राउ परेछन् । राईै त कृष्णे  मोहरा भन्दा पनि मापाका रै’छन् । हुन त खोटाङको यसो चपाएर ऊर्जावान भएका राई दर्बिलै  रै’छन् । कृष्णे महराले दारु बजाएर रोशनी शाही अँठ्याउन पुग्या  थिए । मदन राईलेचाहिँ धन्न दारु बजाएर गएनछन् । हुन त जोरिपारि धेरै हुन्छन् बुढाको ऊर्जा देखेर वात लगाएर थन्क्याएको नि हुन सक्छ । दूधको दूध पानीको पानी होला नि †

तपाईको प्रतिक्रिया