६ दलका नेता बजेट माग्न राजधानीतिर

धरान । केन्द्रीय स्तरीय नेताको पहुँच धरानमा नभएकै कारण संघीय बजेट निर्माण हुदा धरान जहिल्यै उपेक्षित हुने गर्छ । हुन सुनसरी क्षेत्र नं. १ बाट दिग्ग्ज नेताहरुले निर्वाचित जित्छन् र महत्वपूर्ण महत्वपूर्ण मन्त्रालयको जिम्मेवार पाउँछन् तर बजेटमा धरान जहिल्यै उपेक्षित हुन्छ । यस क्षेत्रबाट स्व. मनमोहन अधिकारी, स्व. गिरिजाप्रसाद कोइराला जस्ता हस्ती निर्वाचित भएर प्रधानमन्त्री भए, अहिले ०७९ को संघीय निर्वाचनमा जसपाका नेता अशोक राई मन्त्री बनेका छन् । विगतमा प्रधानमन्त्री भएकाले पनि यस क्षेत्रको विकासमा कुनै बजेट छुट्याएकै कारण आगामी संघीय बजेटमा धरानलाई प्राथमिकतामा राख्न स्थानीय राजनीतिक दलका नेताहरु राजधानी हानिएका छन् ।


इटहरी उपमहानगरपालिका गाविस हुँदा धरान उपमहानगरपालिका नगरपालिका भइसकेको थियो । थोरै समयमा गाविसबाट नगरपालिका हुदै उपमहानगरपालिका बनेको छ भने विकासले द्रुत गति लिएको छ, धरान सबैभन्दा पुरानो नगरपालिका उपमहानगरपालिका बनिसक्दा पनि जस्ताको जस्तै छ । धरान अहिले पनि सडक, विजुलीबत्ती तथा अन्य भौतिक पूवाधारमा पछि छ भने २० बर्ष अगाडिदेखि धरानको मुख्य तर आधारभूत आवश्यकता खानेपानीको समस्या समाधान हुन सकेको छैन । धरानको मुख्य समस्या खानेपानी समस्या समाधान तथा अन्य ३२ वटा समस्या लिएर आगामी आर्थिक बर्ष २०८०÷८१ मा प्राथमिकतामा राख्न स्थानीय ६ राजनीतिक दलका नेताहरु विभिन्न मन्त्रालयलाई झकझकाउन काठमाण्डौ गएका हुन् । सघीय सरकार धरानको समस्या सामाधानार्थ गम्भीर नभएकोले खानेपानीसहित विभिन्न समस्या लिएर आइतबार काठमाण्डौ प्रस्थान गरेको नेपाली काँग्रेस धरान नगर समितिका सभापति श्याम पोख्रेलले बताउनुभयो । उहाँले  धरानको बर्षौदेखिको समसया खानेपानी समस्या समनार्थ १० वटा डिप बोरिङ लगायत पूर्वाधार विकासकाका सँगै अन्य समस्या लिएर संघीय सरकारका विभिन्न मन्त्रालयलाई झक्झक्याउन टोली जाने भएको बताउनुभयो ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सम्मलिति टोलीले धरानमा भएका जल्दाबल्दा समस्यालाई आगामी बजेटमा समावेश गर्न मन्त्रीहरुलाई दबाब दिने नेकपा माओवादी केन्द्र धरान उपमहानगर कमिटीका इन्जार्च फोक्वाहाङ सुब्बा (चोत्लुङ) ले जानकारी दिनुभयो । राज्यबाट सधै उपेक्षित धरानको विकासमा बजेटमै पारेर काम गर्न दबाब दिने उद्देश्यले संघीय  सरकारलाई घच्घच्याउन काठमाण्डौ जान लागेको नेकपा एमाले धरान उपमहानगर कमिटीका इन्चार्ज  ्रनारायण सुवेदी बताउनुहुन्छ ।
हुन त यस भन्दा अगाडि धरान उपमहानगरपालिकाका मेयर तथा उपमेयरको टोली समेत १ सय वटा माग राखेर विभिन्न मन्त्रालयमा ज्ञापनपत्र बुझाएर आएका थिए । उनीहरुले माग गरेका विषय झण्डै झण्डै उस्ताउस्तै छ । उनीहरुको मागमा धरानको खानेपानी समस्या समाधानको बुँदा पहिलो नम्बरमै पर्ने गरेको छ । त्यसबाहेक कोशी वा धरान तमोर सुरुङ मार्ग, धरान  रंगशाला पूर्वाधार विकास, धरान १५ को भक्तराज कन्दङवा क्रिकेट,  ्रधरान(बराहक्षेत्रमा सञ्चारग्राम निर्माण, पिण्डेश्वर क्याम्पसलाई वहुभाषिक कलेजमा विकास गर्ने लगायतका एजेण्डाहरु समावेश गरिएका छन् ।

तपाईको प्रतिक्रिया