सत्ताको उन्मादनमा सोहोर्ने धन्दामा निर्लिप्त नौ दलीय गठबन्धन उपनिर्वाचनमा साफ

धरान । संघीय सांसदका लागि तनहु, चितवन र बारा जिल्लामा वैसाख १०गते भएको उप निर्वाचिनमा इतिहास बोकेको र आफूलाई सबैभन्दा ठूलो दल भन्ने नेपाली काँग्रेस, माओवादी लगायत नौ दलीय गठबन्धनका उमेद्वार लज्जास्पद ढंगले रिङबाट आउट भएका छन् । झण्डै एक बर्ष अगाडि अस्तित्वमा आएको राष्ट्रिय स्वतन्त्र पार्टीले एक्लै नौ दलीय सत्ता गठबन्धन दलका उमेद्वारलाई अनुहार देखाउन नसक्ने अवस्थामा पु¥याइदिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति उर्लिएको (चितवन र तनहुका) मानव सागरले अब परम्परागत दल, तिनको परम्परागत सोच, हैकमवाद सैह्य नहुने सन्देश दिएको छ । तनहु र चितवनमा नौ दलीय गठबन्धनका तर्फबाट साझा उमेद्वार जीत नारायण श्रेष्ठ, गोविन्द भट्टराई टेष्टेड नभएका भए पनि अस्विकार हुनुमा नेतृत्व  शेरबहादुर देउवा, आरजु दउवाको
चरम हैकमवाद, अवसरवाद नै प्रमुख कारण रहेको विभिन्न व्यक्तिहरुको सामाजिक सञ्जालमा देखिएका अभिव्यक्तिले प्रष्ट पारेको छ । यस पटक हामीले उप निर्वाचनमा केन्द्रित रहेर सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरुले प्रकट गरेका विचारलाई जस्ताकोतस्तै समेटेका छौ ।

तपाईको प्रतिक्रिया