पिण्डेश्वरको माछा सप्तकोशीमा

धरान । धरान १४ विजयपुरमा रहेको पिण्डेश्व मन्दिर अगाडि
रहेको सरस्वती सरोवरमा रहेका माछा धमाधम मर्र्न थालेपछि माछालाई सुनसरीको चतरामा रहेको सप्तकोशीमा स्थान्तरण गरिएको  छ । सरस्वती सरोवर (पोखरी) मा भएका ५ सय भन्दा बढी माछा मरेपछि धरान उपमहानगरपालिका वडा नं. १४ वडा समिति र पिण्डेश्वर बाबाधाम समितिले त्यहाँको माछा सप्तकोशीमा स्तान्तरण गरिएको  हो । पिण्डेश्वर मन्दिर अगाडि  रहेको सरस्वती सरोवरमा सर्वसाधारणले पितृको नाममा माछा चढाउने गरेका छन् । जिउँदो साना साना भुरा पोखरीमा हाल्ने गरेकै कारण यहाँ धेरै माछाहरु रहेका थिए । तर पछिल्लो समय पोखरीमा रहेको माछा धमाधम मर्न थालेपछि वडा समिति र पिण्डे्रश्वर बाबधाम समितिले सप्तकोशीमा स्तान्तरण गरेका हुन् ।


यहाँ चढाइएका माछा मान्छेको आत्मासँग पितृहरुको आत्मा जोडिएको मान्यता राखिन्छ । त्यसैले यहाँको माछा किनबेच र कसैले खाँदैनन् । बर्षेनी चढाउँदा यहाँ माछाको संख्या बढी हुदा अक्सिजन कम भएका कारण माछा मर्न थालेपछि सप्तकोशीमा स्थान्तरण गरिएको  धरान उपमहानगरपालिका वडा नं. १४ की वडा सदस्य झरना पौड्याल सुनुवारले बताउनुभयो । वडा समिति र बाबाधाम समितिले पोखरीमा पानी हाल्ने काम गर्दा समेत माछा मर्न नछाडेपछि थप माछा मर्न नदिन सप्तकोशी नदीमा स्थान्तरण गरिएको बताउनुभयो । धार्मिक अस्थासँग जोडिएको यहाँ चढाइएको माछा खान र बेच्न नहुने भएकोले माछा व्यवस्थापनमा समस्या आएपछि माछा मर्न थालेको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपानीले बताउनुभयो । उहाँले पानीको मात्रा कम हुदै जाँदा पोखरी सुक्नु र माछालाई चाहिने अक्सिजन पर्याप्त नहुदा माछा मर्ने क्रम  नरोकिएको बताउनुभयो । उहाँले पटक पटक पोखरीमा पानी थप्ने काम हुदा पनि माछा मर्ने क्रम नरोकिएकोले माछालाई सप्तकोशीमा स्थान्तरण गरिएको बताउनुभयो । माछा स्थान्तरणमा खटिएका देव साहले भने पोखरीमा पानीको मात्रा घट्नु र प्रदुषण बढ्दै गएकोले माछालाई चाहिने पर्याप्त अक्सिजन नभएपछि माछा मरेको बताउनुभयो ।
यो पोखरीमा पितृको नाममा माछा छोड्दा पुण्य प्राप्त हुन्छ भन्ने मान्यता रही आएको छ । यहाँ छाडिएको माछा बेच्न र खान नमिल्ने बताइन्छ । माछाको सं्ख्या अत्याधिक हुनु, पोखरीमा पानीको मात्रा घट्दै जानु, पानी प्रदुषित हुदै जादाँ अक्सिजनको कमी हुनु लगायतका कारणले माछा मरेको हुनसक्ने तरहरास्थित कृषि अनुसन्धान केन्द्रकी माछा विज्ञ उमिता साहले बताउनुभयो । यस विषयमा स्थलगत अनुगमनसँगै अनुसन्धान गरेरमात्र ठ्याक्कै यही हो भनेर भन्न मिल्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया