चीन र भारत जोड्ने सबैभन्दा कम दूरीको जोगवनी किमाथांका सडक ट्रयाक खुल्न ८ सय मिटर बा“की आगामी आषाढ मसान्तसम्ममा ट्रयाक खुलिसक्ने : खुलेको ट्रयाकमा सडक चौडा पार्ने काम हु“दै

धरान । नेपालका दुई समृद्ध छिमेकी राष्ट्र चीन र भारत जोड्ने सबै भन्दा कम दूरीको जोगवनी किमाथांका सडकको ट्रयाक खुल्न अब ८ सय मिटर मात्र बाँकी रहेको छ । आजभन्दा १९ बर्ष अगाडि अर्थात २०६० सालमा नेपाल सरकार र चीन सरकारबीच किमाथांका सडक खोल्ने सहमति भएको थियो । सोही सहमति अनुसार खाँदबारी कमाथांका १६२ किमी सडकको ट्रयाक खोल्न शुरु भएको हो । सामरिक दृष्टले समेत अत्यन्तै महत्वपूर्ण मानिएको भारतको जोगवनीदेखि किमाथांका सम्मको दूरी ३१७ किमी रहेको छ । दुई देश जोड्ने यो सडक प्रदेश नं. १ कै सबैभन्दा छोटो दूरीको भएको उत्तर दक्षिण कोशी सडक आयोजना खाँदबारीले जनाएको छ । जोगवनी विराटनगर, इटहरी, धरान, धनकुटा, हिले, लेगुवा हुँदै संखुवासभासम्मको १४१ किमी सडक पूर्ण रुपमा कालोपत्रे रहेको छ । यो सडक खण्ड केही बर्ष अगाडि नै कालो पत्रे भइसकेको हो । पछिल्लो समय संखुवासभाको खाँदबारीदेखि ३९ किमी दूरीमा रहेको नुम बजार र नुमभन्दा अगाडिको ६ किमी गरि फाक्सिन्दा दोभान सम्मको ४५ किमी सडक समेत कालोपत्रे भइसकेको आयोजनाले जनाएको  छ ।


संखुवासभा जिल्लाको सीमावर्ती गाउँपालिका भोटखोला वडा नं. २ स्थित च्याम्ताङ्ग चुम्सुर घोङ्गगोप्पा बीचको सडक अत्यन्तै कडा चट्टान भएकोले समयमै सडकको ट्रयाक खुल्न नसकेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर लामाले बताउनुभयो । उहाँले भन्नुभयो यो ठाउँ कहालीलाग्दो भीर भएको र कडा चट्टान भएकोले ठेकेदार कम्पनीहरुले पनि ट्रयाक खोल्ने हिम्मत गरेनन् । संखुवासभा किमाथांका सडकको अन्य स्थानमा झै कामले गति लिएको भए यतिबेला जोगवनीदेखि किमाथांकासम्म सवारी साधनहरु आवतजावत गरिसक्ने अध्यक्ष लामाको कथन छ । शुरुमा उक्त सडक खण्डको ट्रयाक खोल्ने ठेक्का कान्छाराम जेबीले पाएको थियो । तर कडा चट्टाने भीर भएकोले विस्फोट  नगरी ट्रयाक खोल्न सक्ने अवस्था नभएपछि नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनालाई दिने निर्णय ग¥यो । विस्फोट गरी सडकको ट्रयाक खोल्ने अधिकार नेपाली सेनालाई मात्र  रहन्छ । उत्तर दक्षिण कोशी सडक आयोजना खाँदबारीका अनुसार आयोजनाले गरेको सर्भे अनुसार उक्त सडक खण्डमा १४ किमी ट्रयाक खोल्नुपर्ने डिजाइन थियो । तर पछि सेनालाई जिम्मा दिँदा नेपाली सेनाले पुन ः सर्भै ग¥यो । सेनाले गरेको सर्भेमा १४ किमीको सट्टा १०.५ किमी देखियो । नेपाली सेनाले ट्रयाक खोल्नुुपर्ने सडकको ट्रयाक छोट्याउन सफल भयो । सोही बमोजिम २०७६ देखि नेपाली सेनाले ट्रयाक खोल्न शुरु गरेको  थियो । नेपाली सेनाले दिएको जानकारी अनुसार यही रÏतारमा काम अगाडि बढ्ने हो भने आगामी आषाढ मसन्तसम्ममा सडकको ट्रयाक पूर्णरुपमा खुलिसक्छ । नेपाली सेनाले एकातिर सडकको बाँकी रहेको सडकको ट्रयाक खोलिरहेको छ भने अर्कोतर्फ खोलीसकेको सडक चौडा बनाउने काम समेत एकसाथ  गरिरहेको छ । सेनाले दिएको जानकारी अनुसार ट्रयाक अनुसार ट्रयाक खुलिसकेकोे ट्रयाक ठाउँ हेरी ६ मिटरदेखि ९ मिटर चौडा बनाउने, नाला, तारजाली लगाउने, काम समेत गरिरहेको छ । उक्त सडक खण्डको ट्रयाक खोल्न हाल १५० जना सैनिक र ५० जना गैर सैनिकहरु खटिएका छन् । नेपाली सेनाले थुम्सेर र चुम्सुरमा क्याम्प राखेर कामलाई तिब्रता दिएको ट्रयाक खोल्ने कार्यमा संलग्न एक सैनिकले जानकारी दिए । यहाँ स्मरणीय कुरा के छ भने चिनको सीमावर्ती क्षेत्र किमाथांकादेखि नेपालतर्फको १४ किमी सडकको ट्रयाक केही बर्ष अगाडि नै खुलसकेको छ । यो सडक खण्डमा डेढ दर्जन भन्दा बढी पुल निर्माण गर्नुपर्नेमा केही पुलको निर्माण भइसकेको छ भने केहीको सर्भे डिजाइन समेत हुँदै गरेको आयोजनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया