नेवार एकता समाजको पदस्थापना

धरान । नेवार समुदायको सँस्कृतिलाई जीवन्त राख्दै सामाजिक कार्यमा सक्रिय नेवार एकता समाजको चौथो केन्द्रीय सम्मेलन तथा पदस्थापना एगवम् बधाई कार्यक्रम सम्पनन भएको छ ।
धरान ७ सिद्धी नेवा ः परिषद्को भवनमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सम्सद सुशिला श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो अवसरमा नेवार समुदायबाट विभिन्न क्षेत्रमा योगदान पु¥याएकाहरुलाई समेत सम्मान  गरिएको थियो ।


कार्यक्रममा नेवार समुदायबाट प्रतिनिधि सांसद बनेकी शुशिला श्रेष्ठ, प्रदेश सभासद यसोदा कायस्थ, समाजसेवीहरु प्रभु प्रसाद श्रेष्ठ र चन्द्र प्रसाद श्रेष्ठलाई दोसल्ला तथा प्रमाणपत्रले सम्मान गरिएको थियो ।  नेवार एकता समाजमा ११ जना निर्वाचत पदाधिकारीहरु १० जना मनोनित सदस्य रहेका छन् । जसमा अध्यक्ष महेश श्रेष्ठ, सदस्यहरु सुरेन्द्रमान स्थापित, हिमाल श्रेष्ठ, मोहन श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, दीपेन्द्र श्रेष्ठ, बिद्या शाक्य, मञ्जुला श्रेष्ठ, बिष्णु श्रेष्ठ सुन्दरी , सुमन श्रेष्ठ, राजकुमार श्रेष्ठ लगायत गरी २१ जना पदाधिकारीले सपथ ग्रहण गरेका थिए ।

तपाईको प्रतिक्रिया