धरान/महाविनासकारी भुकम्पका कारण मुलुक यतिबेला विपत्तिमा फासेको छ । देशका केही जिल्लामा मानव वस्ती र मानव अस्तित्व पूर्ण रुपमा नामेट भएको छ । यो त्रासदी एवम् विषम परिस्थितिमा विजयपुर अध्यात्मिक मञ्चले पिण्डेश्वर मन्दिर परिषरमा सोमबार एक वृहत सामुहिक रुद्राभिषेक स्तोत्र पाठ गरेको
छ ।
विहान ८ बजेदेखि ११ बजेसम्म गरिएको सामुहिक रुद्राभिषेक एवम् पिण्डेश्वर स्तोत्र पाठमा स्वस्फूर्त रुपमा अनेक विशिष्ट वौद्धिक ब्राम्हणहरु सहभागी भएका थिए । सामुहिक रुद्राभिषेक एवम् पिण्डेश्वर स्त्रोपाठका संयोजक प्रा.डा. भरतप्रसाद भट्टराईको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
यस्तो विषम परिस्थितिमा हजारौ मानव, पशुपंक्षीको मृत्यु एवम् घाइतेसागै भौतिक सम्पत्तिको नोक्सानी भई सर्वत्र त्रासको वातावरण उत्पन्न भएकोले भुकम्पको प्रकोपबाट भगवान अमृतपिण्ड पिण्डेश्वरको कृपा प्रसादले सुशान्ति, घाइतेहरुको सीघ्र स्वास्थ्यलाभ तथा सबैमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने उद्देश्यले सामुहिक र रुद्राभिषेक पाठ गरिएको संयोजक भट्टराईले जानकारी दिनुभयो ।
