राईको वियोगान्त ‘कुमार मामा’ नाटक मञ्चन

धरान । सञ्चारकर्मी एवम् नाट्यकार जनकऋषि राईको वियोगान्त ‘कुमार मामा’ नाटक गत बुधबारदेखि धरानमा मञ्चन  भइरहेको छ । नाटकको पेरिफेरि माओवादीको दशबर्षे जनयुद्धको कलखण्डभित्रै रुमलिएको छ । खास गरेर २०५२ सालमा माओवादीले जनुयुद्ध शुरु गर्दा दुरदराजका ग्रामीण क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण सबैभन्दा बढी प्रभावित भएका  थिए । उनीहरुका निम्ति त्यसबेला दुईवटा विकल्प थिए या त माओवादी जनयुद्धमा सामेल हुने या त आफ्नो थाँतथलो छोडेर पलायन हुने ।


यी दुई विकल्पमध्ये भोजपुरका अमुक पात्र कुमार मामा रातारात पूर्वी सहर धरान झरेका थिए । समग्रमा भन्नुपर्दा नाटकका मुख्य पात्र कुमार मामा माओवादी जनयुद्धबाट अति प्रभावित भएर भोजपुरबाट पलायन भएका थिए । केही समय कुमार मामाको दिनचर्या बाँच्नकै लागि संघर्ष गर्दे धरानमा बित्यो । अरुको बनिबुतो गर्ने, ज्याला मजदुरी गर्ने, भारी बोक्ने जस्ता काम कुमार मामाको बाच्ने आधार थिए । नाटकको अन्त्य बडो कारुणीक रुपमा देशको राजधानी काठमाण्डौमा भएको छ ।  धरान झर्दा पनि कुमार मामा एक्ला थिए भने काठमाण्डौमा पनि गुमनाम मृत्युवरण गर्न विवश भएका  थिए । कुमार मामा एक सजिव र जीवन्त पात्र हुन् । जनयुद्धताकाका एक प्रतिनिधि पात्र । कुमार मामाको जस्तो नियत्ति त्यस समय अन्य कैयैनले भोगेको सन्देश नाटकले दिन खोजेको छ । स्वयम् नाटककार राई भन्नुहुन्छ यो एउटा सजिव र जीवन्त पात्रले जनयुद्धताका भागेका कारुणिक पीडा हो । समग्रमा यो एउटा कथा भएपनि यसलाई नाट्यमा रुपान्तरण  गरिएको हो । स्थानीय धरान  रंगशालामा मञ्चन भइरहेको नाटकमा उदय बेघा, निर्देशन र मुख्य पात्रको भूमिकामा विष्णु मोक्तान, एलिना लगायत १५ जना कलाकारहरुले नाटकलाई जीवन्त रुपमा मञ्चन गरेका छन् ।

तपाईको प्रतिक्रिया