घण्टाघरबाट हेर्दा

बाजे त्रासमा, नेम्बाङ आसमा
शितल निवास छिनर्् निर्वाचन जति जति नजकि आउँदैछ त्यति त्यति लामचन्द्रे बाजे त्रासमा भुटभुटिन थाल्या छन् भने सुवास चन्द्र नेम्बाङ्ग आशामा फुलेल हुन थाल्या छन् । लामचन्द्र बाजेलाई त्रास किन नहोस् त ? विगतका गोप्य मतदानले सत्र पटकसम्म गुलियाÏयाँक भा’का विचराले झल्झल्ती सम्झदै होलान् । शिलत निवास प्रवेशका लागि बाजे र नेम्बाङ्गको दौड शुरु भइसक्या छ । आठ दलको गठबन्धनले आफूलाई ल्याम कि ल्याम भाट्र हालने कुरामा बाजेलाई आफै भरोसा छैन । संविधान बनाउने बेलामा बुद्धिमा विक्रो लाग्दा अहिले बाजे त्रासमा बस्नु प¥या हो । कमसेकम पार्टीको ह्विप लाग्ने सम्मको व्यवस्था गर्दिया भए पनि हुन्थ्यो । गोप्य मतदानमा कस्ले कता बजाउँछ के भरोसा ? कि कसो हौ ?


कमरेड जाकिएलान् त ?
कहिले काँग्रेसतिर पिँध फर्काएर मस्ती गर्ने त कहिले एमालेतिर पिँध फर्काएर मस्ती गर्दै आएका प्रचण्ड कामरेड जाकिएलान् जस्तो छनक देखिँदैछ । बाँदर बढी बाठो भएर वल्लो रुख र पल्लो रुलखमा बुर्कुसी मार्दा दाना च्यापिएर खुत्रुक्कै हुन्छ भन्थे हो कि क्या हो ? गोडा चारेक बर्ष अगाडि आफले ५ हजार मान्छे मारेकै हो भनेर स्वीकार गर्ने कमरेडलाई आजसम्म कसैले अँठ्याउन सकेको त छैन । हाक्काहाक्की मान्छे मारेको स्वीकार गर्दा नि अँठ्याएर खाँद्न नसक्दा नेपालको कानुन लाटाको धोती जस्तै भा’छ । प्रहरीमा आफन्त गुमाएकाले उजुरी दिए, मानव अधिकार आयोगमा दिए केही लछारपाटो लागेन । सर्वोच्चमा निवेदन दिँदा पनि दरपिट गरेर आफन्तलाई फर्काइयो । धन्न न्यायाधीशले सुइँको पाएछन् । अब भने निवेदन दर्ता हुने भयो । बाह्र बर्षमा खालो पनि फर्कन्छ भन्थे हो कि क्या हो ?
झलु ओथारो बसेछन्
माकुनकेो मुसे पार्टीका बरिष्ठ नेता झल्लाझलु आच्या सर्पनाथ गोठाला झलनाथ खनाल राष्ट्रपतिको निर्वाचनको निर्वाचनमा दौडन नपाएसी भाले बिनाको अण्डा राखेर ओथारो बस्या छन् रे । विचराले
राष्ट्रपतिमा कम्ता ¥याल चुहाएका होइनन् । कहिले आफै म राष्ट्रपतिको योग्य उमेद्वार हुँ भन्दै एक्लै फलाक्दै हिडे, कहिले म राष्ट्रपति हुन सक्षम छु भन्दै फलाके । के गर्र्न विचराको पक्षेमा बोलिदने कोही भएनन् । काग कराए जस्तै एक्लै चिच्याई रहे । यसो गोडा बिसेक घटनाहरुलाई हाजिरा दिएर सडकमा उफारेको भए नि त केही लछारपाटो लागि हाल्थ्यो कि ? सुको खर्च नगरी पद कहाँ पाइन्छ र ? झलुले किन कुरो नबुझ्या होला ?
पिछडा महिलालाई गृहमन्त्री
पिछडा महिला वर्गको काट्राबाट सांसद भएकी आरजु मेमलाई गृहमन्त्री बनाउन ¥यालेका हुक्के ढोके बैठकेहरु कोठे मिटिङमा व्यस्त हुन थाल्या छन् रे । यसो हुन सके साह«ै असल हुने थियो । विचरी डँडेलधुराको पिछडिएकी महिला हुन् । पिछडिएलाई अगाडि ल्याउनुपर्छ नै । सधै सुगम क्षेत्रकाहरुलाई अवसर दिएर अपजस मात्र लिनु भन्दा दु्र्गम क्षेत्रकी पिछडा महिलालाई अवसर दिनु न्यायोचित हुन्छ । लहै लाउकेहरु जोड गर । आरजुलाई गृहमन्त्री बनाएर पिछडावर्गका महिलाहरुले गर्व गर्छन् ।
भत्भती पोल्या छ
सँगैका साथी ढाँटबाँटसँग सांसद भवन जान्छन्, हाइहल्लो गर्छन्, तलब भत्ता बुझ्छन् । यस्तो देख्दा जसपाका अध्येक्षे उपिन्दर जादवको मुटु भत्भत्ती पोल्छ । सप्तरीबाट सिके राउतले उत्तानोचित्त बनाइदिएपछि विचराको दिनचर्या नै तहसनहस भा’छ । यतिबेला जसरी भए नि संसद छिर्ने ध्याउन्नमा जादव लाग्या छन् । यसका निम्ति जादवले संसद छिर्ने सुरुङ, छिद्रहरु पहिल्याउन थाल्या छन् । जादवले यसका लागि राम्रै उपाय निकालेका छन् । आफ्नै पार्टीबाट जितेका सांसदलाई राजीनामा गरेर संसदीय क्षेत्र खाली गर्दै म लड्छु पनि भन्नु भएन । बारा २ का रामसहाय प्रसाद यादवलाई गाँडबन्धनसँग बार्गेनिङ्ग गरेर उपराष्ट्रपति बन्न सके आफू उप निर्वाचन लडेर संसद छिरम्ला भन्ने सोचमा जादव लाग्या छन् । न गाडबन्धनले उपराष्ट्रपति देओस् न जादव फेरि चुनाव जित्ने हुन् । अर्को सिके राउत जन्मन्छ भन्ने कुरा जादवलाई हेक्कै रै’नछ ।
नत्र ठिक हुन्न
झापाका दुर्गा प्रसाईले अस्तिका दिन गणे नेताहरुलाई दह«ै चड्कन हानेछन् । प्रसाईले चड्कन हानेपछि गणे नेताहरुका अब दिन गन्ती शुरु भएको छ । काठमाण्डौमा ५ लाख भन्दा बढी नागरिक भेला गरेपछि गणेहरुको त्यसै हंसले ठाम छोड्या थियो । त्यसमाथि गणेका कर्तुतहरु एकाएक सबै खोल्देसी’ तिनीहरु सर्वाङ्ग नांगिएका छन् । सज्जनललाई पो सर्वाङ्ग नांगिदा कुरी कुरी लाग्छ दुर्जन, लुटेरा, भ्रष्ट, माफिया, हत्याराहरुलाई के को लाज ? हरामको खाने बानी परेकाहरुलाई नांगिदा थप आनन्द † जे होस् प्रसाईको अभियानमा ¥यालेको गाउँ डँडेलधुराबाट रातु, पिठो बोकेर मान्छे आएछन्, प्रचण्डेको गाउँबाट त्यसरी गरी कुर्लिएछन्,। माकुनेको गाउँबाट त्यसैगरी ओइरिएछन् । अबचाहिँ गणेहरुले सोच्नैपर्छ । नत्र प्रसाईले भने झैं ठिक हुन्न ।
प्रदेश नं. १ का बल्ल नामे भए
प्रदेश नं. १ का बासिन्दा बल्ल नामे भएका छन् । विगत ६ बर्षदेखि बेनामे हुँदा प्रदेश नं. १ का बासिन्दामा कम्ता पीडा थिएन । कसैले सोध्यो भने वाल्ल पर्नुपथ्र्यो । त्यसभन्दा अगाडिका तीन तीन जाना भुसतिघ्रहरुले न्वारान नै गर्न सकेनन् । न्वारानको नाममा ६ बर्षसम्म टन्न भोज मात्र खाएर हिँडे । प्रदेश न. १ को नाम राख्लान् भन्या त आफन्ै विहे गरेर हनिमुन मनाउन थाले । अब बल्ल बल्ल प्रदेश नं. १ का बासिन्दाले नाम पाएका छन् । नामसँग चित्त नबुझेर एकथरि पीडितहरु भाँडभैलो मच्चाइरा’छन् । धैर्य गरे भइहाल्छ । अहिलेको नाम न्वारानको नाम हो । पछि अर्को नाम राखेर बोलाउँदा भैगयो ।
अन्तेमा
अस्तिका दिन झालेमालेका अध्येक्षे खप्रओलाई साह«ै जंग चलेछ । उखान टुक्का सुनाएर सधै पट्र बाउन्डिज्याल हँसाउने खप्रओले एकाएक महाभारतको प्रसंग काट्र्याए । दुर्योधनका रुपमा डबल थर भएका युवराज सफल थिए । अरुको खेदो पाइलो गर्न खप्पिस मात्र हैन हरामी दर्शनमा विद्यावारिधी गरेका सफल कहिले खत्री लेख्छन्, कहिले पौड्याल धस्काउँछन् । खप्रओले भन्या सफललाई चारपाटा मुढेर चार भन्ज्याङ्ग कटाउनुपर्छ रे । हुन त व्यहोरै त्यस्तो भएपछि खप्रओलेमात्र हैन जो कोहीले पनि महाभारत नै पढ्ने हो । सफललाई असफल बनाउन खप्रपोका अरिंगाल ग्याङ्ग छँदैछन् नि †

तपाईको प्रतिक्रिया