सातौ राष्ट्रिय होराजन कप विभागीय टिम पुलिस सेमीफाइनलमा

धरान । आयोजक हराइजन क्लबले सातौ संस्करणको राष्ट्रिय होराइजन रनिङ कप बास्कट्रबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।  धरान १७ स्थित होराइजन बास्कट्रबल काट्र्रमा आइतबार सम्पन्न खेलमा आयोजकले ज्याकवट क्लब झापालाई ४४ का बिरुद्ध ७२ स्कोरले पराजित गरेको हो । प्रतियोगितामा सर्वाधिक १९ स्कोर गरेका आयोजकका प्रबिन मगर म्यानअफ द म्याच भए । २०६९ सालदेखि सुरु भएको हराइजन रनिङकप बास्कट्रबल काठमाण्डौ उपत्यका बाहिर सञ्चालन हुँदै आएको नेपालको पहिलो बास्कट्रबल प्रतियोगिता हो ।

यस्तै दोस्रो दिन सोमबार भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लब काठमाण्डौ सातौ संस्करणको राष्ट्रिय होराइजन रनिङकप बास्कट्रबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान १७ स्थित होराइजन बास्कट्रबल काट्र्रमा सोमबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा होलिल्याण्ड इन्टरनेशनलकलेज धरानमाथी ४६ का बिरुद्ध ९९ स्कोरको सहज जित दर्ता गर्दै पुलिसले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । पुलिसलाई बिजयी गराउन व्यत्तिगत १८ स्कोर गरेका सायुन राई प्लेयर अफ द म्याच घोषित हुदै नगद १ हजार ५ सय पाए । पुलिसले अब सेमिफाइनलमा आगामी बिहिबार आयोजक हराइजनक्लबसँग प्रतिष्पर्धा गर्नेछ । आयोजकले आइतबार भएको उद्धघाटन खेलमा ज्याकवट क्लबझापालाई ४४ का बिरुद्ध ७२ स्कोरले पराजितगर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । मंगलबारको खेल डिफेण्डिंग च्याम्पियनतथा राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको टाइम्स क्लब काठमाण्डौ र बिराटनगर बास्कट्रबल एकेडेमीबीच हुनेछ । फागुन २७ गते सम्म चल्ने प्रतियोगिताको उपाधी बिजेताले नगद १ लाख ११ हजार र उपबिजेताले ५५ हजार पाउनेछ । प्रतियोगितामा दुई विभागीय सहित ८ टिमको सहभागिता छ ।

तपाईको प्रतिक्रिया