धरान । आइतबार अचानक रातभरि आएको हावा हुरीले सुनसरी उद्योग वाणिज्य संघ धरानद्वारा सञ्चालित धरान एक्स्पो २०७९ का ३१ वटा स्टल उडाउँदा ४० लाख बराबरको क्षति भएको छ ।
सुनसरी उद्योग वाणिज्य संघका महासचिव महेन्द्र प्रधानले दिनुभएको जानकारी अनुसार आइतबार रातभरि चलेको हावाहुरीले ३१ वटा स्टल पूर्ण रुपमा क्षति भएको छ भने अन्य केहीलाई आंशिक क्षति पु¥याएको छ ।

उद्योग वाणिज्य महासंघले उपलब्ध गराएको डोम र स्टेजबाहेकका निर्माण गर्न २५ लाख खर्च भएको थियो । आइतबारको हावाहुरीले स्टल मात्रमा क्षति पु¥याएको नभई स्टलमा राखिएका सामानहरु समेत क्षति पु¥याएको महासविच प्रधानले बताउनुभयो । सोमबार क्षति भएका स्टलहरु पुन ः निर्माणका लागि १२ लाखमा ठेक्का दिएको र दिनभरिमा क्षतिग्रस्त स्टलहरु निर्माण भइसक्ने पनि उहाँले बताउनुभयो । कृषि उपज सम्बन्धी राखिएका स्टलहरुमा समेत आंशिक क्षति पु¥याएको महासचिव प्रधानले बताउनुभयो ।
