तीनजुरे क्षेत्रमा हिउ परयो

धरान । हिउ पर्ने सिजन वित्न लाग्दा तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको संगम स्थल तीनजुरेमा हिउ परेको छ । आइतबार साँझ यस क्षेत्रमा हिउँ परेसँगै सोमबार विहानैदेखि आन्तरिक पर्यटकहरु आएर हिउँ खेल्नेको संख्या ह्वात्तै बढेको छ । खासगरि गुराँस फुल्ने र हिउँ पर्ने सिजनमा पर्यटकको मुख्य  रोजाईमा पर्र्दै आएको तीनजुरे, मिल्के र जलजले (टिएमजे) क्षेत्रमा यस बर्ष भने फागुनको दोस्रो सातामात्रै हिउँ पर्दा पनि पर्यटकहरु हिउँसँगै  रमणीय दृश्यमा रमाएका छन् ।


विराटनगरकाबाट तीनजुरे क्षेत्रमा पुगेका उमानाथ ढुंगानाले पहिला नै आउने रहर हुँदा हुँदै पनि हिउँ नपरेकोले आउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयोे–‘पहिला नै यो क्षेत्र आउने चाहना थियो, बर्षमा दुई पटक यो क्षेत्रमा आउँछु, एकपटक गुराँस फुल्ने समय चैत्र र्वैसाख, अर्को हिउँ पर्ने सिजन ।’ तर यस बर्ष भने हिउँ ढिलो परेकाले ढिलै आएको बताउनुभयो । परिवारसँगै पुग्नु भएका उहाँले सबैजना हिउँ खेल्न पाउँदा अत्यन्तै रमाइलो भएकोे बताउनुभयो । हिउ परेसँगै पर्यटकको आगमन बढेपछि टिएमजे क्षेत्रका होटल व्यवसायको समेत चहलपहल बढेको छ । विगतका बर्षहरुमा चारदेखि चार पटकसम्म हिउँपर्ने गरेपनि यस बर्ष हिउँ पर्ने सिजनमा समेत हिउँ नपर्दा उनीहरु चिन्तित थिए । बसन्तपुर तेह्रथुमका स्थानीय कृष्ण खुवाङले हिउँ नपर्दा यो क्षेत्रमा पर्यटक नै नआएको बताउनुभयो । उहाँले भन्नुभयो–‘हिउँ नपर्दा पर्यटक नै आएनन्, यहाँका होटलहरु समेत सुनसान थियो ।’ तर आइतबार टिएमजे क्षेत्रमा परेको हिउका कारण पर्यटकहरुको बाक्लो उपस्थिति रहेको उहाँको भनाई थियो ।
गतब बर्ष पाँच पटक सम्म हिउँ परेको टिएमजे क्षेत्रमा यो बर्ष भने पहिलो पटक हिउँ परेको उहाँको भनाई छ । मंसिर अन्तिम सातादेखि फागुनको पहिलो साता हिउ पर्ने सिजन भएको बताउदै खुवाङ्गले यस बर्ष हिउँ समय वित्न लागेर हिउँ परेकोले हिउँ खेल्नेहरुको संख्या बढेको बताउनुभयो । उहाँले भन्नुभयो–‘यो पालाचाहिँ ढिलो परेको भएर पर्यटक पनि ढिलो आए, हिउ खेल्नकै लागि यहाँ तराईका जिल्लाबाट अधिकांश सर्वसाधारण आउने गर्छन् ।’ विगतमा लाली गुराँस नगरपालिका बसन्तपुरमा समेत हिउँ पर्ने भएपनि यस बर्ष भने गुफापोखरी, चौकी, मंगलबारे लगायतका स्थानहरुमा हिउ उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया