धरान । ७३ औं प्रजातन्त्र दिवसको अवसरमा राजा ज्ञानेन्द्र शाहबाट जारी शुभकामनामा मुलुक अहिले कुशासन, भ्रष्टाचार, निराशालाग्दो आर्थिक शितिलता र सामाजिक विग्रहको चपेटामा फँसकेको बताउनु भएको छ । फागुन ७ गते जारी शुभकामना सन्देशमा भनिएको छ, प्रजातन्त्र दिवसको सन्दर्भमा हामी प्रजातन्त्रका उत्पे्ररक हाम्रा पूज्य जिजुवा राष्ट्रपिता श्री ५ त्रिभुवन सहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सबैको स्मरण गर्न चाहन्छौं । जनचाहना बमोजिम राज संस्थाले गद्धी दाउमा राखेर प्रजातन्त्रका लागि जनतासँग हातेमालो गरेको आठौ दशक पुग्दै गर्दा यसका सवल र सुधार गर्नुपर्ने पक्षको समीक्षाका साथै ऐतिहासिक क्षणको विस्तारित एवम् यथार्थपरक स्मरण नयाँ पुस्ताको ज्ञान र प्रेरणाका लागि आवश्यक भइसकेको छ ।

वडामहाराजाधिराज पृथ्वी नारायण शाहदेखि आजको समयावधिसम्म हेर्दा नेपालको राज परम्परा सदा नै लोकसम्मत, प्रजातान्त्रिक, युगानुकूल, जनहितकारी र विकासमुखी रहँदै आएको छ । नेपालको एकीकरणको झण्डै २४० बर्षपछि हामीबाट शासकीय सत्तारुपी जनताको नासो जनतालाई नै बुझाएका थियौं । विविधतापूर्ण नेपाल अधिराज्यलाई थप प्रतिनिधित्वमूलक र समावेशी बनाउने प्रयासको विस्तारमा स्वागत गरिएको थियो । सन्देशमा भनिएको छ, प्रविधिको विकास र अन्तर्राष्ट्रिय सन्नीटकताले समाजमा आधुनिक अपेक्षाहरु सम्बोधन गर्ने विधि निषेध होइन सहार्यको राजनीतिमा अन्तरनिहित छ । यस्तो अवस्था अब धेरै अवधि रहने छैन । युवाहरु अब आफ्ना सम्भावना र अवसरबाट बञ्चित हुने अवस्था, आम नैरास्यतामा बदलिने जोखिम बढ्दो छ । सन्देशमा भनिएको छ, सत्ताको बागडोर ज–जसको हातमा दोहारिदै तेहरिदै आएपनि फेरिदै बदलिँदै गएपनि हाम्रा विद्यमान राज्य व्यवस्थाले जनताको सुख, शान्ति र राष्ट्रको श्री समृद्धिमा कुनै गहन योगदान दिन सकेको देखिदैन । सन्देशको अन्तमा भनिएको छ, यस बर्ष यो दिवस मनाउँदै गर्दा नयाँ पहलको प्रण गर्दै नेपालको प्रजातन्त्रलाई थप उन्नत र सार्थक बनाऔं । देशभक्ति, सुशासन, आर्थिक प्रगति, सार्वभौम भावना र सनातन धर्म सहितको नेपाली पहिचानको सम्बद्र्धन गर्ने गराउने ध्येय नै मूल मान्यताको रुपमा स्थापित
गरौं ।
