डाइलासिस मेसिन हस्तान्तरण

धरान । नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच २० वटा डाइलासिस मेसिन सोमबार हस्तान्तरण गर्नुभएको छ । हस्तान्तरण गरिएका २० वटा KDM मेसिन भारत सरकारले नेपाली जनताका लागि उपलब्ध गराउने २ सय वटा मेसिन मध्येको पहिलो खेप हो ।
भारतीय राजदुतावासले एक विज्ञप्ती प्रकाशित गरी बाँकी डाइलासिस मेसिन निकट भविष्यमा उपलब्ध गराइने जनाएको छ । डाइलासिस मेसिन हस्तान्तरण समारोहमा बोल्दै राजदूत श्रीवास्तवले भन्नुभयो भारत र नेपालबीचको लामो समयदेखिको विकास सहयोग, खासगरि स्वास्थ्य क्षेत्रमा उल्लेख्य रहेको बताउनुभयो । नेपाल सरकारले आफ्नो स्वास्थ्य पूर्वाधार बढाउँदै लगेको सन्दर्भमा भारतको निरन्तर सहयोग रहँदै आएको छ । यसैगरि स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले भारत सरकारले नेपाली जनताको चिकित्सकीय सुविधालाई प्राथममिकतामा राखेकै कारण डाइलासिस मेसिन उपलब्ध गराएको बताउनुभयो ।


विज्ञप्तीमा भनिएको छ, स्वास्थ्य क्षेत्रमा भारत–नेपाल विकास साझेदारीको रुपमा रहँदै आएको छ । भारत सरकारको अनुदान सहयोगमा निर्माण भएका स्वास्थ्य संस्थाहरुमा काठमाण्डौको नेपाल भारत–मैत्री आकस्मिक ट्रमा सेन्टर, बीर अस्पतालको ओपिडी कम्प्लेक्स, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत ५० वटा भन्दा बढी स्वास्थ्य सम्बन्धी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु (HICDS) रहेका छन् । २०७२ सालको भुकम्पका समयमा भारतले सबैभन्दा पहिला मानवीय सेवा मात्र पु¥याएको थिएन १३२ वटा स्वास्थ्य चौकी निर्माणकालागि ५ करोड अमेरिकी डलर सहयोग गरेको थियो । कोभिडको समयमा द्विपक्षीय अनुदान अन्तरर्गत (२ मिलिनियन डोज भन्दा बढी) र COVAX मार्फत खोपहरु उपलब्ध गराएको थियो । यसका अलावा भारत सरकारले स्वास्थ्य संस्थाहरुको भौतिक क्षमता बृद्धि गर्न नेपाललाई चिकित्सा उपकरणहरु आइसियु बेड, मेडिकल अक्सिजन प्लान्टहरु, आवश्यक औषधीहरु,  आरटी पिसिआर टेष्ट किटहरु, पिपिई, भेन्टिलेटरहरु उपलब्ध गराएको थियो । यतिमात्र हैन भारत सरकारले प्रत्येक बर्ष नेपालका विभिन्न स्वास्थ्य संस्थाहरुलाई एम्बुलेन्सहरु उपलब्ध गराउँदै आएको छ । हालसम्म भारतले विभिन्न जिल्लामा गैर नाफामुखी स्वास्य संस्थाहरु, अस्पतालहरुलाई ९४० वटा एम्बुलेन्स उपलब्ध गराइसकेको छ ।

तपाईको प्रतिक्रिया