इटहरी । इटहरी उद्योग वाणिज्य संघ र इनरुवा उद्योग वाणिज्य संघको माघ २८ गते शनिवार भएको निर्वाचनमा जीवन पराजुली र वीरेन्द्र साह अध्यक्षमा निर्वाचित भएका छन् ।
इटहरी उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित जीवन पराजुली नेपाल जेसिसका पूर्व उपाध्यक्ष, समाजसेवी एवम् सफल व्यवसायी हुनुहुन्छ भने अध्यक्षमा दोस्रो कार्यकालमा लागि इन्ट्री गर्नुभएका वीरेन्द्र साह नेपाली काँग्रेस सुनसरीका जिल्ला सचिव हुनुहुन्छ ।


उद्योग वाणिज्य संघ इनरुवाको आगामी कार्यकालका लागि उपाध्यक्षमा गिरिराज अटल, सचिवमा मनोज जैन, सहसचिवमा गौतम झा, कोषाध्यक्षमा उमेशकुमार गुप्ता, निर्वाचित हुनु भएको छ । सघको १५ सदस्यीय कार्य समितिको सदस्यमा अमरेन्द्रकुमार मेहता, प्रितम अटल, वीरेन्द्र कुमार साह, सीताराम चौधरी, प्रवीण श्रेष्ठ, किरण श्रेष्ठ, विक्रमकुमार पोद्धार, शिवकुमार यादव, रितादेवी साह
र निरा पोख्रेल निर्वाचित हुनु भएको छ । यता इटहरी उद्योग वाणिज्य संघको सदस्यमा शोभा कोइराला, मिना ढकाल, राकेश श्रेष्ठ, सुरेश कार्की, ढुण्डीराज गुरागाई, धुव्र अधिकारी, सञ्जय साह, अशोक अग्रवाल, सन्नी चौधरी, सुरेश कार्की र सिनेट रिजाल रहेका छन् । इटहरी उद्योग वाणिज्य संघको विधान अनुसार निर्वाचित सदस्यबाट पोटफुल्ली तथा जिम्मेवारी निर्धारण गरिने निर्वाचित एक सदस्यले बताएका छन् ।
