राष्ट्रपतिमा कांग्रेसले रयाल चुहाउनुको तुक छैन

आगामी फागुन २५ गते राष्ट्रपतिको चौथो कार्यकालको निर्वाचन हुँदैछ । नेपालको संविधान त सेरोमोनियल हैसियत  रहने राष्ट्रपतिका लागि यतिबेला अर्ध प्रतिपक्षीको भूमिका निर्वाह गर्दै आएको नेपाली काँग्रेसले आवश्यकता भन्दा बढी ¥याल चुहाएको देखिन्छ । नेपाली काँग्रेसको वर्तमान केन्द्रीय नेतृत्व कति निकम्बा र नालायक देखियो कि दश दिन पछिको दुरदर्शिता समेत उसले आंकलन गर्न सकेन । पटक पटक सत्ताको रस्वादन गरिसकेको वर्तमान नेतृत्वकै कारण आज नेपाली काँग्रेस दिशाहीन, वैचारिक शून्यता, घोर अकर्मन्यताबाट दिग्भ्रमित भएको छ ।
सबै कुरा आफ्नो पक्षमा आउने निश्चित हुँदाहुँदै पनि घोर सत्तालोलुलपताका कारण काँग्रेसले एकाएक सबै कुरा गुमायो । यसको प्रमुख दोषी वर्तमान अक्षम नेतृत्व र सो नेतृत्वको मलद्वारलाई पनि हरिद्वार देख्ने १८ भाइको अति चाकडी नै हो । विगतको सत्ता गठबन्धनबाट काँग्रेसको वर्तमान नेतृत्वलाई १७ महिना सत्ताको चाबी बुझाएकै हो । गठबन्धनको तात्पर्य एउटै दलको नेतृत्वलाई पटक पटक सत्ताको चाबी जिम्मा लगाउनु किमार्थ होइन । सत्ता प्राप्तिको हैसियत नपुगेको तर बढी संख्यामा सांसद जितेको दम्भमा गठबन्धनका सहयात्रीलाई स्थान दिन नसक्दा काँग्रेस ठूलो दल भएर पनि सत्ता बाहिर उछिटिन पुगेको तीतो यथार्थलाई अझसम्म मनन गर्न नसक्नु र राष्ट्रपति आफूलाई देउ भनेर कचौरा लिएर भीख माग्नु लज्जाबोधको पराकाष्ठ हो । नेपाली काँग्रेसलाई प्रतिपक्षीको भूमिका प्राप्त भएको छ । प्रतिपक्षीको भूमिकामा ऊ जिम्मेवार भएको हुनुपर्छ । तर राष्ट्रपतिको लागि ¥याल चुहाएर प्रधानमन्त्रीको विश्वास मतको निर्वाचनमा विश्वासको मत दिन पुग्दा ऊ न सत्ता पक्षको हुन सक्यो न प्रतिपक्षीको । सरकारलाई विश्वासको मत दिनु उसको दोस्रो ठूलो गल्ति थियो । नेपालको प्रजातान्त्रिक इतिहासमा प्रतिपक्षीले सरकारलाई विश्वासको मत दिएको उदाहरण छैन र आगामी दिनमा पनि सायदै होला । निर्लज्जताको पनि एउटा सीमा हुन्छ । एकातिर सरकारलाई विश्वासको मत दिने अनि अर्कोतर्फ राज्यबाट पाउने सेवा सुविधाका लागि कोकोहोलो मच्चाएर प्रतिपक्षीको जिम्मेवारी पाउँ भन्दै संसद सचिवालयमा निवेदन दिनु काँग्रेसभित्रको सत्ता लोलुपताको अर्को नालायकी पन हो । लोकतन्त्र वा प्रजातन्त्रमा राजनैतिक दलको एउटै भूमिका हुन्छ त्यो हो बहुमत भए सरकारको नेतृत्व गर्ने नभए प्रतिपक्षीको भूमिका निर्वाह गर्ने । तर नेपाली काँग्रेस वर्तमानमा यी दुवै भूमिका निर्वाह गर्ने हैसियतमा देखिएन । एकातिर प्रतिपक्षीको सेवा सुविधा भोग गर्ने अनि अर्कोतिर राज्यका महत्वपूर्ण संयन्त्रहरुमा भाग खोज्दै हिँड्ने कस्तो प्रवृत्ति हो ? एउटैे दलले दुई वटा भूमिका निर्वाह गर्ने व्यवस्था नेपालको संविधानले गरेको छैन । नेपालमा मात्र हैन संसारका अन्य कुनै पनि मुलुमका यो प्रावधान छैन । अब आगामी हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली काँग्रेस आज जुन हैसियतमा छ त्यही हैसियतमा बस्दा थोरै भएपनि नैतिकता प्रदर्शन हुने थियो । यसैगरी विगतको गठबन्धन छोडेर अर्को गठबन्धन गरी सरकारको नेतृत्व गर्न पुगेका प्रधानमन्त्रीले समेत इमान्दारिता प्रदर्शन गर्नु आवश्यक छ । हिजो सरकारको नेतृत्व गर्न नपाउने भएपछि अर्को गठबन्धन गर्न किन गए ? हाल आएर ढुलमुले प्रवृत्ति देखाउँदा उनको आगामी राजनीति यात्रामा थप प्रश्न लाग्ने छ ।

तपाईको प्रतिक्रिया