इटहरी । आफ्ना ग्राहकहरुको माग र चाहना बमोजिम स्वदेशी तथा बिदेशी ब्राण्डका सामानहरु आपूर्ति गर्दै आएको गोरखा डिपार्टमेन्ट स्टोरमा यतिबेला जाडोको न्याना कपडा खरिदमा ग्राहकहरुको अत्याधिक भीड बढेको छ । खासगरि पहाडी जिल्लाहरुमा पछिल्लो केही समय यता बाक्लो हिमपात शुरु भएसँगै संखुवासभा, तेह्रथुम, भोजपुर, ओखलढुंगा, धनकुटाका ग्राहकहरु गोरखा डिपार्टमेन्ट स्टोरमा न्याना कपडा खरिदमा व्यस्त भएका हुन् । यतिबेला संखुवासभा,पाँचथर, ताप्लेजुङ्गमा भारी हिमपातका कारण अत्याधिक चीसो बढेको छ ।

संखुवासभाको नुमबाट सरसमान खरिद गर्नकै लागि गोरखा डिपार्टमेन्ट स्टोरमा आइपुगेका ग्याल्जे लामाले भन्नुभयो अहिले संखुवासभाको उत्तरी भेगमा बाक्लो हिमपात भइरहेको छ । परिवारका लागि न्याना कपडासँगै अन्य सामान खरिद गर्न आएको हुँ । उहाँले भन्नुभयो पहिला सडक नहुँदा र यातायात समेत नचल्दा घरायसी सामान खरिद गर्न गोरखामै आउने गरेको थिएँ । अहिले त खाँदबारीबाट ३९ किमी नुमसम्मको सडकमा निर्वाध सवारी साधन चल्छन् । शेर्पाले जाडोका न्याना कपडा, खाद्यान्न, बेकरी आइटमका सामान, जुत्ता चप्पल ठूलै परिणममा खरिद गरेका थिए । यतिका सामान परिवारका लागि मात्रै हो त भन्ने जिज्ञासामा उनले भने नुम सानो बजार इलाका पनि हो । बजारमै घर भएकोले पसल समेत राखेको उनले सुनाए । केही सामान परिवारको लागि हो भने धेरैचाहिँ पसलमा बेच्नका लागि हो । गोरखा डिपार्टमेन्ट स्टोरमै सामान खरिद गर्नुको कारण सम्बन्धमा जिज्ञासा राख्दा शेर्पाले भन्नुभयो पहिलादेखि नै यहीँबाट खरिद गर्दै आएको छु । यही सामान अन्तबाट खरिद गर्दा मूल्यमा ठूलो अन्तर हुन्छ । जानी जानी किन महँगोमा सामान किन्नु ? शेर्पा झै पाँथरको तमोर दोभानबाट आएका अर्का ग्राहक लक्ष्मण गौतम भन्नुहुन्छ गोरखा डिपार्टमेन्टसम्म आइपुग्न हामीलाई थप सहज भएको छ । तमोर करिडोरबाट यातायात सञ्चालन भएपछि इटहरी ३ घण्टामै आइपुगिन्छ । उहाँले भन्नुभयो यातायातका साधन नचल्दा हिडेर भए पनि सामान खरिद गरेको उहाँले सुनाउनुभयो । हुन त गोरखा डिपार्टमेन्ट स्टोर पूर्वेली ग्राहकहरुका लागि एउटा ब्राण्डेड नाम हो । पूर्वाञ्चलकै पहिलो डिपार्टमेन्ट स्टोरको रुपमा २०५६ सालमा सञ्चालनमा आएपछि ग्राहकहरुको आगमनमा कमी आएको छैन ।
कोभिड पश्चात लामो समय सुस्ताएको डिपार्टमेन्ट स्टोरको व्यापारका सम्बन्धमा जिज्ञासा राख्दा स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ अझ सम्म हामी पूर्ण रुपमा तंग्रिन सकेका छैनांंै । एकातिर बैंकको चर्को ब्याज अर्कातर्फ व्यवसायीको हितमा सरकारले कुनै योजना ल्याउन सकेको छैन । राज्य र बैंकको दोहोरो चेपुवामा व्यवसायीहरु परेका छन् । यद्यपि हाल विगतको भन्दा केही सहज अवस्था बन्दै गएको छ । उहाँले भन्नुभयो कहिले कारोनाका कारण व्यवसायी धरासायी भए त कहिले राज्यका कारण । आगामी दुई बर्षसम्म व्यवसायी यथास्थितिमा आउन सक्ने अवस्था छैन ।
स्थानीय र पहाडी जिल्लामा प्रांगरिक मलको उच्च माग
आफ्नै कृषि फार्मबाट संकलन गरिएको काँचो गोबरबाट उत्पादन गरिएको प्रांगरिक मलको हाल स्थानीयदेखि पहाडी जिल्लाहरुमा यतिबेला उच्च माग रहेको छ । गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ ल्याव टेष्ट गरेर गोवर पेलेर मल उत्पादन हुन्छ । त्यसमा अन्य आवश्यक केमिकल पनि हालिन्छ । यो मल हेर्दा चियापत्ति जस्तै हुन्छ जसले माटोको उर्वराशक्ति बढाउने काम गर्दछ । हाल यो मल पहाडका इलाम, भोजपुर, खोटाङ धनकुटासँगै स्थानीय कृषकले लगिरहेका छन् । उहाँहरुको माग धान्नै नसकिने भएको छ । यसका अलावा काँचो गोबर पेलेर निस्केको झोल मललाई फर्मलटेसन गरेर बनाइएका झोल मल ग्यालेनमा प्याक गरिएको छ । यो झोल मल १० लिटर पानीमा एक लिटर झोल हाल्दा पुग्छ । यो बाक्लो दही जस्तै हुन्छ ।
डिपार्टमेन्ट स्टोरमा आर्गनिक तरकारी
धरान÷पूर्वाञ्चलकै पहिलो र आम पूर्वेली उपभोक्ताका बीचमा विश्वासिलो ब्राण्ड बनिसकेको गोरखा डिपार्टमेन्ट स्टोरले दैनिक भान्सामा प्रयोग हुने हरियो आर्गनिक सागसब्जीको मूल्य बजार मूल्य भन्दा पचास प्रतिशत कम मूल्यमा आफ्ना ग्रााहकहरुलाई विक्री गर्ने गरेको छ । बजारमा हरियो सागसब्जी, आलु, गोलभेडा, काउली, ब्रो काउली, करेला, सिमी, गाजर, मुला लगायतका सम्पूर्ण सामानमा पचास प्रतिशत भन्दा कम मूल्यमा विक्री गर्न थालिएको स्टोरका प्रवन्ध र्निेशक बलराम आर्चाले बताउनुभयो ।

यतिबेला गोरखा डिपार्टमेन्ट स्टोरमा सब्जीका आइटमहरु सबैभन्दा बढी खपत हुन थालेको छ । यसको प्रमुख कारण बजार मूल्य भन्दा अत्यन्तै कम मूल्यमा अगानिक सब्जी पाउनु नै हो । स्टोरले सब्जीका आइटमहरु सोझै किसानकहाँ पुगेर उठाउन थालेको छ । पहिला विचौलिया मार्फत सब्जी ल्याउँदा बजार मूल्यकै हाराहारीमा मूल्य निर्धारण गर्नुपरेको थियो । अब भने सिधै किसानबाट खरिद गर्दा उपभोक्ताले बढी मूल्य तिर्नु नपर्ने भएको छ भने किसानले समेत तत्काल आफ्नो उत्पादनको मूल्य पाउने भएका छन् । गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना पाँच शााहरु मध्ये तीनवटा शाखा धरान, इटहरी र दमकमा सब्जी विक्री वितरण गदै आएको छ । यतिबेला बजारमा काउलीको मूल्य ५० रुपैया रहेको छ तर गोरखा डिपार्टमेन्ट स्टोरमा २० रुपैया प्रति किलो पाइन्छ । टमाटर बजारमा ३०–३५ रुपैया प्रतिकेजी रहेको छ तर गोरखामा मात्र २० रुपैया प्रतिकेजी, ब्रोकाउली बजारमा ३० रुपैया छ भने गोरखामा १५ रुपैया, मूला बजारमा १० देखि १५ रुपैया प्रतिकेजी रहेको छ भने गोरखामा ७ रुपैया प्रतिकेजी पाइने गरेको छ । अन्य सब्जीहरुको समेत यही अनुपातमा मूल्य रहेको स्टोरका म्यानेजर श्रीप्रसाद गौतम बताउनुहुन्छ ।
गोरखाको स्वादिष्ट बेकरी उत्पादन पूर्वाञ्चलमा लोकप्रिय
गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ । आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक, आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का, धरान, दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।

