‘मेलामा मेयरको उपस्थिति भएन’

धरान । धरानमा सम्पन्न पाँचौ पुष्प व्यापार तथा प्रदर्शन मेलाबाट आयोजकले सोचेजस्तो कारोबार गर्न सकेन । मेलामा आयोजकल मेला अवधिभर ७० लाखको कारोबार गर्ने अनुमान गरे पनि २० लाख बराबरको कारोबार भएको आयोजकले जनाएको छ । आयोजक फ्लोरी कल्चर एसोसिएसनले कारोबार नहुनुमा र पुष्प व्यापार तथा प्रदेशन मेलामा आयोजकको अपेक्षा अनुसार कारोबार नहुनुमा पुष्प व्यवासायीबीचको एकता र स्थानीय  सरकारले गरेको असहयोग मुख्य कारण रहेको बताएका छन् ।


५ दिनसम्म चलेको सो मेलामा स्थानीय सरकार प्रमुख एक पटक पनि अवलोकनका लागि नआएको आयोजकको गुनासो छ । मेलामा सक्रिय भएर शुरु देखि नै खटिनु भएकी व्यवसायी शिव वान्ताले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरानलाई फूलको सहर बनाउने, धरानका विभिन्न ठाउँमा वृक्षरोपण गरेर हरियाली बनाउने अभियान चलाउँदै हिडे पनि पुष्प व्यवसायीहरुको ५ दिने मेलामा एक पटक पनि मेला अवलोकनमा नआएको बताउनुभयो । यता सर्वसाधारणले पनि पुष्प मेलामा स्थानीय सहयोग न्यून रहेको बताएका छन् । स्वदेशी उत्पादन बढाएर विदेशी फूल निर्यात कम गर्ने लक्ष्य लिएर आयोजना गरिएको सो मेलामा स्थानीय सरकारको खाँचो रहेको बताएका थिए । मेला आयोजक समितका संयोजक रामकुमार राईले वास्तवमै स्थानीय सरकारले यसपटकको मेलामा वाइफास गरेर अगाडि बढेको महसुस भएको बताउनुभयो । उहाँले मेला अवधिामा आफूहरुले सयपत्री फूलको उत्पादनका विषयमा तािलम दिइरहँदा मेयर साम्पाङ सर्दु खोलामा बेग्लै ढंगले अरुलाई तालिम दिइरहेको बताउदै पुष्प व्यवसायीहरुसँग मेयर साम्पाङले सहकार्य गर्ने छाटकाट कमै देखिएको बताउनुभयो । नेपालमा ०११ सालदेखि पूष्प व्यवसाय सुरु भएको मानिन्छ । ६ सय ९७ नर्सरी स्थापना भएको फ्लोरिकल्चर एशोशियसनको तथ्याङ्क छ । फूलको कारोबार वार्षिक २ अर्बको भइरहेको तथ्याङ्क छ । प्रदेश १ मा ६५ भन्दा बढी पूष्प व्यवसायी रहेको र वार्षिक १३ करोडको कारोबार
भइरहेको तथ्याङ्क छ भने व्यवसायमा ४० करोड बढी लगानी रहेको छ । प्रदेश १ मा २ हजार भन्दा बढी व्यक्तिले प्रत्यक्ष, अप्रत्यक्ष रोजगार प्राप्त गरेको तथ्याङ्क छ । जति पनि गरेका छन् यसमा राज्यबाट कुनै सहयोग नभएको उनीहरुको गुनासो छ ।

तपाईको प्रतिक्रिया